धनगढी, १० असोज / प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल सुदूरपश्चिम प्रदेशको आयोजनामा यही असोज १३ गते शनिबारका दिन महेन्द्रनगर स्थित भिमदत्त नगरपालिकाको सभाहलमा नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक शिक्षा कार्यशाला हुँदैछ ।
विभिन्न विश्वविद्यालयका प्रतिनिधि, प्राध्यापक, शिक्षक, शिक्षाविद् तथा विद्यार्थीहरूसहित करीब १००जना भन्दा धेरैको सहभागितामा सम्पन्न हुने कार्यशालाको उद्घाटन सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. अम्माराज जोशी ज्यु ले गर्नुहुनेछ ।
उक्त कार्यशालामा अनुसन्धानकर्ता एवं शिक्षाविद् प्रा.डा. बद्रीनारायण गौतमले समग्र नेपालको शिक्षाको अवस्था, चुनौती र समाधान विषयक कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । भने सुदुरपश्चिम विश्वविद्यालयका सहायक डिन डा। मदनसिह देउपा र कैलाली बहुमुखी क्याम्पसका सह-प्राध्यापक डा. राजेन्द्रवीर चंद ज्युले उक्त कार्यपत्रमाथि टिप्पणी गर्नुहुनेछ ।
साथै सहभागीहरूमाझ बृहत् चिन्तन एवं चर्चा हुनेछ । प्राज्ञिक बिद्यार्थी परिषद्,नेपालका सुदूरपश्चिम प्रदेश अध्यक्ष पृथ्वीराज अबस्थीको संयोजकत्वमा सम्पन्न हुने कार्यशालामा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचीव,नारायण प्रसाद ढकाल, राष्ट्रिय सह संगठन सचिव रमेश कण्डेल लगायतका पदाधिकारीहरूको विशेष उपस्थिति रहनेछ ।
विगतमा विद्यार्थी परिषद्ले गत फागनु ६ र ७ गते राष्ट्रिय शिक्षा कार्यशाला सम्पन्न गरेको थियो भने अलग अलग मितिमा कोशी, मधेश, गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा प्रदेश स्तरीय शिक्षा कार्यशाला सम्पन्न गरिसकेको विद्यार्थी परिषद्का केन्द्रिय सदस्य एवं सुदुरपश्चिम प्रदेश सह(संगठन सचीव मणिराम चौलागाईले बताउनुभयो ।