लबदेव धामी
धनगढी,३ असोज / गजलकार तथा कवयित्री कोपिला देवी शर्माको गजल संग्रह ‘सन्दुस’को आज विमोचन गरिएको छ। संविधान दिवसको अवसर पारेर प्रगतिशील लेखक संघ नेपाल सुदुरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा विमोचन गरिएको हो।
प्रगतिशील लेखक संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले धनगढी ३ विशालनगरमा रहेको शुभम होटलमा गजल संग्रह ‘सन्दुस’को विमर्श तथा रचना वाचन कार्यक्रमको आयोजना गरेको हो।
गजल संग्रह ‘सन्दुस’मा समसामयिक विषय, नारीहक अधिकार , नारी स्वतन्त्रता, समाजका रुढीवादी परम्पराविरुद्धको आवाज , राष्ट्रप्रेम , प्रगतिवादी चिन्तन, सामाजमा व्याप्त राम्रा नराम्रा पक्षको गजल मार्फत चित्रण गरिएको कवयित्री तथा गजलकार कोपिला देवी शर्माले बताउनुभयो।
‘सन्दुस’ गजल संग्रह पढेर आफुलाई त्यसमा भएका कमीकमजोरी सुधार्ने मौका दिन कवयित्री तथा गजलकार शर्माले पाठक वर्गसँग अनुरोध समेत गरेकी छन्।
कार्यक्रमको प्रमुख आतिथ्यता सुदुरपश्चिम सरकारका सामाजिक विकास मन्त्री झपट बहादुर साउदले गर्नु भएको थियो ।