गजलमार्फत अपिहिमालको वर्णन
हाम्रो अपि हिमाल टुक्रा स्वर्गको तारा भएको छ ,
पर्यटन भेषभुषा अनि संस्कृतिको लागि सारा भएको छ ।
संस्कृति र प्रकृतिको अनुपम उपज हो,
पर्यटकिय स्थान चिनाउन नारा भएको छ ।
नयाँ वर्षकी बिशु सरोवरकी शुर्मा जात प्रख्यातै छ्न,
डेउडा ठाडिभाका, फाग, चाहा, छलिया, बचाउने अभिभारा भएको छ ।
मठ मन्दिर नदि तालतलया झर्ना पदमार्ग अनि हिमालको सौन्दर्य ,
जौ मार्शी मकै भटमास राजिमा स्याउ भाङ फलाइ खान सारा भएको छ।
घागरो चोलि गादि झुमझुमि चौबदिमाला अनि ब्याशी पहिरनमां सजिउला,
बाह्ररै महिना ठन्डा मनसुन कोईली स्वर वन्यजन्तु वन हरिभारा भएको छ ।
अपि नम्पाको हरियाली फाट जटिबुटि पाउछौ अनि होमस्टेको आवास ,
पर्यटनको गन्तव्य बन्न अस्तित्व र सहकार्य साहारा भएको छ ।
सर्जक दशरथ सिह धामी
दार्चुला जिल्ला अपिहिमाल गाउँपालिका ५