धनगढी, २८ भदौ/भरतबाट चोरी गरी नेपाल प्रबेश गर्न लागेका तिन जना नेपाली गौरीफन्टाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालको बझाङ निवासी राजु खड्का (बर्ष २१), विकास कुमार (बर्ष २१) र किरण खड्का (बर्ष ३४)का रहेका छन् ।
उनीहरुले भारतको कर्नाटकको न्यायधिसको घरमा काम गर्ने क्रममा चोरी गरि ल्याईएको भारतय प्रहरीले जानकारी दिएको छ । भारतको कर्नाटकबाट ६१ हजार नगर र १७ लाख भारतिय रकम बराबरको एक सय ६० ग्राम सुन चोरी गरेर नेपाल ल्याईरहेको ल्याईरहेका तिन जना भारतिय प्रहरीले पक्राउ गरेको बताईएको छ । उनीहरुलाई प्रहरीले उनीहरुलाई पक्राउ गरी लखिमपुर अदालतमा पठाएको छ ।