• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

आजको सम्पादकीय : कोहलपुर काण्डले उठाएको प्रश्न ? (अ)सुरक्षित सडक

पत्रपत्रिकाबाट

काठमाडौं उपत्यकाबाट आज प्रकाशित विभिन्न राष्ट्रिय दैनिक पत्रिकाले सडक दुर्घटनाका कारण सयौंका ज्यान गरेको भयावह अवस्था, उपभोक्ताबाट संकलन गरिएको प्रदूषण रकमको सदुपयोग नभएको, हवाई यातायातलगायतका विषयमा सम्पादकीय लेखेका छन् ।

कान्तिपुर दैनिकले बाँकेको कोहलपुरमा आइतबार स्कुल जाँदै गरेकी बालिकालाई ट्रकले किचेर सख्त घाइते बनाएको घटनाका र त्यसपछि उत्पन्न परिस्थितिले उठाएका सबालका विषयमा सम्पादकीय लेखेको छ । ‘कोहलपु काण्डका प्रश्न’ शीर्षकमा लेखिएको सम्पादकीयमा भनिएको छ – सडक सुरक्षाको बेहाल बताउने उक्त घटना चालकले गर्ने लापरबाहीको चरम नमुना हो । कानुन र व्यवहार दुवैमा सुधार गरी ‘ब्याक’ गरेरसमेत मार्ने चालकलाई हदैसम्म कारबाही गर्नुपर्छ ।

त्यस्तै नागरिक दैनिकले सडकमा सयौंको ज्यान जाने गरेको विषयलाई सम्पादकीय बनाएको छ ।‘९अ० सुरक्षित सडक’ शीर्षकमा लेखिएको सम्पादकीयअनुसार नेपालमा प्रत्येक दिन सातजनाको मृत्यु सडक दुर्घटनाका कारणले हुने गरेको छ । यस हिसाबले वर्षेनि २५ सयभन्दा बढी मानिसको मृत्यु हुन्छ । यही हिसाबले एक दशकमा २० हजारभन्दा बढी मानिसको मृत्यु हुनलाई स्वाभाविक मान्न सकिँदैन । सडक दुर्घटनाका कारण पहिचान गर्दै यसलाई सुरक्षित तुल्याउन रणनीतिक तयारी गर्नुपर्ने अवस्था आइसकेको छ ।

कारोबार दैनिकले सरकारसँग भएका प्रदूषर्ण नियन्त्रणका योजना कार्यान्वयन गर्न नसकेको र प्रदूषण नियन्त्रणका लागि सरकारले उपभोक्ताबाट हाल प्रतिलिटिर डिजेल र पेट्रोलमा एक रुपैयाँ ५० पैसाका दरले रकम संकलन गरिएको आएपनि प्रयोग नभइ थन्किएको उल्लेख गर्दै ‘प्रदूषण कर सदुपयोग गरियोस्’ शीर्षकमा सम्पादकीय लेखेको छ । ‘उपभोक्ताबाट उठाइएको प्रदूषण शुल्क आवश्यकताअनुसार खर्च नगरि आम सर्वसाधारणलाई प्रदूषित वातावरणमा बाँच्न बाध्य बनाइनु राज्यले नागरिकप्रति गरेको अपराध हो,’ सम्पादकीयमा भनिएको छ ।

नेपालमा कार्यरत विदेशी कामदारहरुले विप्रषण उत्प्रवाह हुने रकम बढ्दै गएको उल्लेख गर्दै आजको आर्थिक अभियानमा ‘विप्रेषणबारे सही तथ्यांकको अभाव’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ –विप्रेषणसम्बन्धी हाम्रा तथ्यांक सही हुन आवश्यक छ । हन त तथ्यांकहरु अनुमानमा नै आधारित हुन्छन्, तर वास्तविकताभन्दा धेरै पर भएका तथांकहरुमा आधारित भएर बनाइएका योजनाहरु सफल हुन सक्दैनन् ।

सर्वोच्च अदालतले सडक विस्तारको सम्बन्धमा गरेको फैसला सरकारले कार्यान्वयन नगरेको विषयमा आजको नेपाल समाचारपत्र दैनिकले सम्पादकीय लेखेको छ । ‘जनताको सम्पत्ति’ शीर्षकमा सम्पादकीय भनिएको छ – सरकारले सत्ताको बलमा जनताको जग्गा हडप्ने कार्य लोकतान्त्रिक शासन व्यवस्थाका लागि पटक्कै सुहाउँदैन । सडक विस्तारको सम्बन्धमा देखिएको अहिलेको समस्यालाई सर्वोच्चको फैसलाको सम्मान गर्दै निर्णय लिनु आवश्यक छ ।

साढे तीन दशक विताउँदा पनि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन९सार्क० अपेक्षाअनुरुप सार्थक नदेखिएको उल्लेख गर्दै ‘सुषुप्त सार्क’ शीर्षकमा अन्नपूर्ण पोस्ट्ले सम्पादकीय लेखेको छ । सम्पादकीयमा उन्नाईसौं शिखर सम्मेलन हुन्छ कि हुन्न भन्ने अन्योलतामा रहेको सार्कलाई गतिशील बनाउन सकेमा यसका सदस्य मुलुकको आर्थिक एवं सामाजिक विकासलाई थप प्रवद्र्धन गर्न सकिने विश्वास व्यक्त गरिएको छ ।

नयाँ पत्रिकाले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सेवाग्राहीका लागि माग धान्न नसक्ने गरी साँघुरो भइसकेको उल्लेख गर्दै निजगढको काम अगाडि बढाउन आग्रह गरेको छ । नेपालको बाह्य संसारसँगको सम्बन्धको मुख्य सेतु बनेको हवाई यातायातको मागलाई ह्वात्तै बढाएको उल्लेख गर्दै सम्पादकीयमा भनिएको छ –निजगढको काम अघि बढाऊ । नागरिक उड्डयान प्राधिकरणको पछिल्लो अध्ययन प्रतिवेदनका आधारमा सकेसम्म छिटो निजगढ अन्नर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सुरु गर्नु आवयश्क छ ।

नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भएका कारबाही तथा आयोगको सक्रियताका कारण भ्रष्टाचार नियन्त्रणमा सकारात्मक संकेत देखिन थालेको उल्लेख गर्दै गोरखापत्रले ‘भ्रष्टाचार नियन्त्रणमा सक्रियता’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भ्रष्टाचारलाई राजनीतिक तथा प्रशासनिक क्षेत्रबाट दिइने गरिएको संरक्षणको अन्त्य गर्नुपर्ने खाँचो औंल्याइएको छ ।

मङ्गलबार, मङि्सर २४, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.