धनगढी,२१ भाद्र/सुदूरपश्चिम प्रदेशको डोटीमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ ।
दिल्पेश्वर स्पोर्टस् क्लबले दिपायल सिलगढी नगरपालिका वडा ३ दिल्पेश्वर मठ खेल मैदानमा क्रिकेट खेलाईने प्रतियोगिताका संयोजक तेजराज मेधासीले जानकारी दिए । खेल असोज २७ गते देखि कार्तिक ३ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।
