धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलबारीमा फूलबारी महोत्सव २०७६को चौथो सस्करण हुने भएको छ ।
न्यु बुद्ध स्पोर्ट्स युवा क्लबको आयोजनामा पुस १३ गते देखि २२ गते सम्म धनगढी उपमहानगरपालिका वडा नम्बर १४ एचगाँउ स्थित क्लबको खेल मैदानमामा महोत्सव संचालन गरिने न्यु बुद्ध स्पोर्ट्स युवा क्लबका अध्यक्ष महेश गोलेले जानकारी दिए । पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष गोलेले महोत्सबको तयारी तिब्र पारिएको बताउदै शुभेच्छुकवाट सहयोग जुट्ने क्रम सुरु भएको बताए ।
स्थानीय कला संस्कृति, पर्यटन व्यापार र कृषि प्रवद्र्धन भन्ने मुल नाराका साथ आयोजना हुने महोत्सवमा १ सय ५० को हाराहारीमा व्यापारीक स्टल, स्थानीय कला तथा परम्परागत सस्कृति झल्काउने खालका आदिवासी नमुना गाउँ लगायत हुने आयोजकले जनाएको छ ।
स्थानीय कला संस्कृति, पर्यटन व्यापार र कृषि प्रवद्र्धन भन्ने मुल नाराका साथ गरिएको महोत्सवमा ४० लाखको कारोबार हुने क्लवका कोषाध्यक्ष भुवन जोशीले बताउनु भयो ।
राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारका विभिन्न प्रस्तुत, जिल्ला स्तरीय लोकदोहोरी प्रतियोगिता लगायतका कार्यक्रम महोत्सव अवधि भरी आकर्षकका रुपमा रहेन क्लवका सचीव कृत बिष्टले बताउनु भयो । परम्परागत जातजातीका खानपानका स्टल रहने महोत्सवमा स्थानीय कला संस्कृति र पहिचानलाई प्राथमिकता दिइनेको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, जिल्ला स्तरीय खुल्ला लोकदोहोरी प्रतियोगिता, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, बिभिन्न सांस्कृतिक झाँकी लगायतका कार्यक्रम रहने बताईएको छ ।