धनगढी १८ भाद्र/सुदूरपश्चिम प्रदेशको धनगढीमा पहिलो पटक शारीरिक सुगठन प्रतियोगिताको आवेदन खुला गरिएको छ । भदौ १५ गतेदेखि असोज ५ गतेसम्म दर्ता आवेदन खुला गरिएको छ । फारवेष्ट फिटनेस एन्ड स्पोटर्स क्लबको आयोजनामा आगामी असोज १२ र १३ गते हुने प्रथम सुदुरपश्चिम बडी बिल्डिङ च्याम्पियनसिप प्रतियोगिताका लागी आवेदन खुला गरिएको हो ।
प्रतियोगितामा प्रथम हुने खेलाडीलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । दोस्रोलाई १५ हजार र तेस्रो हुने खेलाडीलाई १० हजार रुपैयाँसहित अन्य जिन्सी सामान पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीले एक हजार रुपैयाँ दर्ता शुल्क बुझाउनु पर्ने जानकारी क्लबका अध्यक्ष मोहन तामाङले दिए । सहभागिताका लागि प्रतियोगिता प्रदेशस्तरीय हुने र प्रतियोगितामा कुनै पनि उमेर समूहका खेलाडी भाग लिने सक्ने आयोजकले जनाएको छ ।
