अछाम, १७ भदौ / विदेशी दाताको सहयोगमा लामो समयसम्म विशेषज्ञ सेवा दिइरहेको अछामको बयालपाटा अस्पताल अहिले भने आर्थिक संकटमा छ । सबै सेवा निःशुल्क दिइरहेको यो अस्पताल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रवासीका लागि उपचारको पहिलो गन्तव्य हो ।
दाताको सहयोग रोकिएपछि सरकारीस्तरबाट सहयोग गर्ने र नगर्नेबारे अन्योल भइरहँदा अस्पताल भने संकटमा पुगेको हो । गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले यस अस्पताल सञ्चालनका लागि ९ करोड रुपैयाँ विनियोजन गरेको थियो । अस्पताल प्रमुख डा। मन्दीप पाठकका अनुसार अस्पताल सञ्चालनका लागि बर्सेनि २२ करोड रुपैयाँ आवश्यक पर्छ । विदेशी निकाय, स्थानीय तह र अन्य क्षेत्रबाट सहयोग जुटाएर अस्पताल सञ्चालन गरिँदै आएको छ ।
चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले रातो किताबमा पनि बयालपाटा अस्पताललाई समेटेको छैन । तर प्रदेशबाट बजेट दिनका लागि सामाजिक विकास मन्त्रालयले कार्यविधि बनाउने काम अघि बढाएको डा। पाठकले बताए । प्रदेशबाट के कति बजेट आउँछ भन्नेबारे आधिकारिक जानकारी नआएको उनले बताए ।
‘पहिले जस्तै सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयमार्फत अस्पताललाई प्रदेश सरकारले बजेट दिने कि साँफेबगर नगरपालिकामार्फत दिने भन्नेबारे छलफल भइरहेको जानकारी आएको छ,’ अस्पताल प्रमुख डा. पाठकले भने, ‘अहिले हामी चरम आर्थिक संकटमा छौं ।’ विदेशी दाताले गर्ने सहयोग घटेपछि अस्पतालले हरेक वर्ष आर्थिक संकटको सामना गरिरहेको उनले बताए ।
डा। पाठकका अनुसार २र३ दिनमा खर्च गरिसक्ने गरी आर्थिक वर्षको अन्तिममा बजेट आउँदा अस्पताल जस्तो संवेदनशील क्षेत्रमा समस्या हुने गरेको छ । ‘आर्थिक अभावले वर्षभरि सेवा प्रभावित भएको हुन्छ,’ उनले भने, ‘आर्थिक वर्षको अन्त्यमा एकै दिनमा आउने ठूलो बजेट कसरी खर्च गर्न सकिन्छ भन्नेबारे कसैले सोच्दैनन् ।’ चालु आर्थिक वर्षको २ महिना बितिसक्दा पनि बजेटको टुंगो नलाग्दा अस्पतालको सेवा नै प्रभावित हुने अवस्था आएको डा।पाठकले बताए । ‘प्रदेश सरकारले बजेट दिन मिल्नेरनमिल्ने भन्नेबारे सरोकारवालाको एक समिति बनेको थियो । उक्त समितिले अस्पताल सञ्चालनका लागि प्रदेशले बजेट दिन मिल्ने आधार तयार पारेर प्रतिवेदन दिइसकेको छ,’ उनले भने, ‘तर बजेट कति आउँछ भन्ने टुंगो नै नभएर अन्य योजना बनाउन पनि समस्या भइरहेको छ ।’
बयालपाटा अस्पताल सञ्चालनका लागि अछाम, बाजुरा र डोटीका केही स्थानीय तहले पनि सहयोग गरिरहेका छन् । अछामको साँफेबगर नगरपालिकाले १ करोड, बान्नीगढी जयगढ गाउँपालिकाले १० लाख, मंगलसेन र कमलबजार नगरपालिकाले ५/५ लाख बजेट विनियोजन गरेका छन् । त्यस्तै बाजुराको त्रिवेणी नगरपालिकाले १० लाख, बुढीगंगा नगरपालिकाले ५ लाख बजेट विनियोजन गरेको जानकारी आएको डा। पाठकले बताए । डोटीको पूर्वीचौकी गाउँपालिकाले अघिल्ला वर्षमा सहयोग गर्दै आए पनि यस पटक कति बजेट दिने भन्नेबारे आधिकारिक जानकारी नआएको उनले बताए ।
अस्पताल संकटमा परेका बेला जहिले पनि साँफेबगरले सहयोग गर्दै आएको नगरप्रमुख राजेन्द्र कुँवरले बताए । ‘एक त अस्पताल नै हाम्रो नगरपालिकाभित्र पर्छ । स्वास्थ्य सेवा पहुँचमा सबै नागरिकलाई पुर्याउने हाम्रो पनि नीति हो,’ उनले भने, ‘गत आवमा पनि हामीले अस्पतालका लागि १ करोड विनियोजन गरेका थियौं । अहिले पनि त्यति नै छ ।’ सन् २००८ मा न्याय हेल्थ नेपाल र अमेरिकामा रहेको पोसिबल अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक र प्राविधिक सहयोगमा स्थापित उक्त अस्पतालले आव ०७८/७९ सम्म ११ लाख ५२ हजार बिरामीलाई सेवा दिइसकेको अस्पतालका मेडिकल निर्देशक एवं हाडजोर्नी विशेषज्ञ डा। मन्दिप पाठकले बताए । विशेषगरी ग्रामीण भेगका र आर्थिक अवस्था कमजोर भएका बिरामीलाई अस्पतालले बढी प्राथमिकताका दिएर सेवा दिइरहेको उनले बताए ।
‘दैनिकजसो आउने केसहरूमा बालबालिकाको हातखुट्टा भाँचिएका, काम गर्ने क्रममा धेरै महिलाको हड्डी भाँचिएका केसहरू आउँछन्,’ डा। पाठकले थपे । कर्णाली प्रदेशको डोल्पा, मुगु, कालीकोट, दैलेख र कैलाली कञ्चनपुरसम्मका बिरामी आउने गरेको बताउँदै अस्पतालका सूचना अधिकारी पूर्ण खड्काले भने । यो अस्पतालमा एक जना विशेषज्ञ डा। पाठकसहित ७ जना चिकित्सक रहेको उनले बताए । ‘सुदूर र कर्णाली प्रदेशका पहाडी जिल्लाका अधिकांश बिरामी यही अस्पतालमा सेवा लिन आउँछन् । एक वर्षमा एक लाख बढीले यस अस्पतालबाट सेवा लिने गरेका छन्रहुन्छन्,’ खड्काले भने ।