धनगढी, १७ भाद्र/कोरोनाको जोखिमले रोकिएको कृष्णजन्माष्टमीमा धनगढीमा निकालिने डोल जात्रा यस बर्ष निकालिने भएको छ । नैनादेवी भगवती मन्दिरले यस बर्षको कृष्णजन्माअष्टमीमा भोली पल्ट गरीने जोलजात्रा निकाल्ने तयारीमा जुटेको मन्दिर व्यबस्थापन समितिका अध्यक्ष राजेन्द्र अग्रवालले जानकारी दिए ।
तिन बर्ष रोकिएको डोलजात्रा यसपालिका बिशेष बनाउने तयारी मन्दिर व्यबस्थापन समितिले जनाएको छ । नैनादेवी मन्दिरमा २० गते कृष्णजन्माष्टमी भजनसन्ध्या र २१ गते साझ जोलजात्र निकालिने तालिका बनाएको छ । जात्रामा यसबर्ष भारतिय कलाकारको समेत प्रस्तुति रहने जनाएको छ ।