• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

निर्मला हत्या प्रकरण : अनुसन्धानको सुइ दिलिपतिरै

काठमाडौ‍‌ । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या भएको १६ महिनापछि पनि अनुसन्धानको सुई पुरानै आरोपी दिलपसिंह विष्टवरिपरि घुमिरहेको छ। निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण घाँटीमा बिझेको काँडासरह अनुभूति भइरहेका बेला प्रहरीले पछिल्लो पटक अनुसन्धानको सुई विष्टतर्फ घुमाएको हो।

केही दिनअघि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख डिआइजी निरजकुमार शाहीलाई लिएर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैं सुदूरपश्चिमको भ्रमणमा गएका थिए। गत हप्ता नै प्रहरीले सो घटना सुल्झाउने गरी आशंकित व्यक्ति पक्राउ गर्ने तयारी थालेको थियो। प्रहरी महानिरीक्षक खनाल सिआइबीका प्रमुख डिआइजी शाहीलाई लिएर धनगढीसम्म पुगेर आएलगत्तै विष्टलाई पक्राउ गर्ने तयारी भएको थियो। तर त्यहाँ खटिएका केही अधिकृतहरूको सुझावलाई ध्यानमा राखेर केही समयलाई पछि सारिएको छ।

एसएसपी रामदत्त जोशी लामो समयदेखि त्यही कामका लागि सुदूरपश्चिममा खटिएका छन्। स्रोतका अनुसार आशंकित व्यक्ति पक्राउ गर्न यथेष्ट प्रमाण जुटाउनुपर्ने भएकाले पनि प्रहरी केही दिन पछि हटेको हो। प्रहरी महानिरीक्षक खनालले हत्यासँग सम्बन्धित प्रमाण बलियो बनाउन सिआइबीलाई निर्देशन दिइसकेका छन्। एसएसपी जोशी अहिले धनगढीमा छन् भने सिआइबीका निलम्बित डिएसपी अंगुर जिसीको मुद्दा कञ्चनपुरमै भएकाले उनी आउजाउ गरिरहेका छन्। गृहमन्त्रालयले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुखसमेत रहेका डिएनए विशेषज्ञ जीवनप्रसाद रिजाल नेतृत्वमा डाक्टर तुलसी कँडेल र दिनेशकुमार झा सदस्य रहेको छानबिन समिति गठन गरेको थियो।

सो समितिले डिएनएको नमुना परीक्षणमै त्रुटि भएकाले सो घटनामा डिएनएबाट दोषी पत्ता नलाग्ने निष्कर्षसहितको प्रतिवेदन गत ५ कात्तिकमा गृह मन्त्रालयलाई दिइसकेको छ । डिएनए परीक्षणमै त्रुटि भएको ठहर भएपछि परिस्थिति प्रमाणलाई आधार बनाएर प्रहरीले अनुसन्धान अघि बढाएको छ। हालसम्मको अनुसन्धानमा दिलीपसिंह विष्ट अपराधको सबैभन्दा नजिक भएको प्रहरीको दाबी छ । उनलाई प्रहरीले गत वर्ष आरोपीको रूपमा सार्वजनिक गरेको थियो । डिएनए नमिलेपछि सरकारी वकिल कार्यालयबाटै उनलाई छाडेको थियो । अनुसन्धानको क्रममा प्रहरीले विष्टलगायत केही व्यक्तिलाई पनि शंकाको सूचीमा राखेको छ। कञ्चनपुर प्रहरी प्रमुखका रूपमा कार्यरत दिनेश आचार्यले आशंकित व्यक्तिहरूको बारेमा थप प्रमाण संकलन गरिरहेको बताए पनि उनले बाहिर ल्याउन चाहेका छैनन्।

रिजाल समितिले दिएको प्रतिवेदनमा परीक्षणको लागि लगिएको वीर्य भनेर परीक्षण गरिएको नमुना वीर्य नै हो भन्न नसकिने उल्लेख छ । यसअघि नै राष्ट्रिय मानवअधिकार आयोगले समेत डिएनए परीक्षणमा त्रुटि भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । कसैको डिएनए नमिलेपछि डिएनएमै त्रुटि भएको आशंकामा गृह मन्त्रालयले गत भदौमा रिजालको संयोजकत्वमा डिएनए परीक्षणसम्बन्धी विज्ञ समिति गठन गरेको थियो । सो समितिले दिएको ११ बुँदे प्रतिवेदनले प्रहरीलाई परिस्थितिजन्य प्रमाण संकलन गर्न सहज भएको छ।

गृह मन्त्रालयद्वारा गठित प्राविधिक समितिले निर्मलाको ‘भेजिनल स्वाब’ मा वीर्य भएको बारे प्रयोगशालाबाट प्राप्त जानकारीबाट ‘भेरिफाई’ गर्न नसकिएको र प्रयोगशालाले पनि भेजिनल स्वाबमा भेटिएको वीर्य हो या होइन पुष्टि नगरेको प्रतिवेदनमा उल्लेख गरेको छ। ‘पीडितबाट संकलित ‘भेजिनल स्वाब’ मा वीर्य भएको बारे प्रयोगशालाबाट प्राप्त जानकारीबाट भेरिफाई गर्न सकिएन। प्रयोगशालाले निर्मलाको भेजिनल स्वाबमा भेटिएको पदार्थ वीर्य हो या होइन पुष्टि नै गरेन,’ ११ बुँदे प्रतिवेदनको चार नम्बरमा लेखिएको छ। त्यसैगरी पाँच नम्बर बुँदामा भेजिनल स्वाबमा भेटिएको वीर्य पुरुषको हो भन्ने अवस्था रहेन भन्ने उल्लेख छ।

‘भेजिनल स्वाबमा भेटिएको डिएनए पुरुषको हो भन्ने अवस्था रहेन। त्यो अरू कसैको डिएनए वा केही हुन सक्ने देखियो। साधारण भाषामा भन्नुपर्दा बलात्कारीको नभएर चेक गर्ने चिकित्सकको पनि हुन सक्ने देखियो,’ सो बुँदामा लेखिएको छ। यसले गर्दा प्रहरीलाई हत्या अभियोगमा पनि अनुसन्धान गर्ने बाटो खुलेको छ। प्रहरीले निर्मला पन्तको हत्या र बलात्कारसम्बन्धी घटनामा शंकास्पद ७० जनाभन्दा धेरैको डिएनए परीक्षण गरेको थियो। गृहमन्त्रालयको प्राविधिक विज्ञ टोलीले दिएको सुझावको आधारमा प्रहरीले हत्या प्रकरणमा अनुसन्धान थालेसँगै हत्यारा पक्राउ पर्ने सम्भावना बढेको हो।

निर्मला पन्त हत्या प्रकरणमा सिआइबीका डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक ज्ञानबहादुर सेठी, एकिन्द्र खड्का, हरसिंह धामी, रामसिंह धामी, प्रहरी जवान चाँदनी साउद निलम्बनमा रहेका छन्। कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टको जागिर खोसिएको थियो। प्रहरीले यदि दिलीपसिंह विष्टलाई प्रमाणसहित अदालतमा पेस गरेमा यसअघि सोही प्रकरणमा निलम्बनमा परेका र जागिर खोसिएका प्रहरी अधिकारीहरूको क्षतिपूर्ति कसरी गर्ने भन्ने अन्योल हुनेछ।

यो समाचार नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

 

सोमबार, मङि्सर २३, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.