लबदेव धामी
धनगढी, १५ भदौ / धनगढीमा आज (शुक्रबार) १६ औँ राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ । धनगढीमा रहेको जनपुस्तकालयको सभा हलमा विभिन्न कार्यक्रम गरी सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आथित्यतामा समारोह सञ्चालन भएको हो ।
देश भर पुस्तकालय दिवस मनाइरहदा धनगढीमा पनि “पुस्तौं पूस्ताका लागि पुस्तकालय” भन्ने मूल नाराका साथ पुस्तकालय दिवस मनाइएको हो । आजको यस पुस्तकालय दिवसको अवसरमा विभिन्न सामाजिक , शौक्षिक , सांस्कृतिक क्षेत्रमा योगदान गर्दै आएका अग्रज व्यक्तित्वहरुलाई पुरस्कार समेत प्रदान गरिएको जन पुस्तकालयका सचिब टंक प्रसाद जोशीले बताउनुभयो ।
कार्यक्रममा सांस्कृतिक गौरा नाच , एकल नृत्य , सामूहिक नृत्य , कविता बाचन पनि गरिएका जन पुस्तकालका सचिब जोशीले बताउनुभयो ।
पुस्तकालय दिवसको अवसरमा गरेको कैलाली जिल्ला विद्यालय स्तरीय कविता प्रतियोगीतामा प्रथम , द्वितीय , तृतीय र सान्त्वना हुने प्रतियोगीलाई पनि पुस्तकालय दिवसको अवसरमा पुरस्कार प्रदान गरिएको जन पुस्तकालका सचिब जोशीले बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता जन पुस्तकालयका अध्यक्ष डा.टि.एन जोशीले गर्नु भएको थियो ।
