अत्तरिया, १५ भदौ / कैलालीको अत्तरियामा अन्तर विद्यालय स्तरिय लोटस आई क्रिकेट प्रतियोगीता आयोजना हुने भएको छ । अत्तरिया क्रिकेट क्लबले यही असोज १७ गते देखी २६ गतेसम्म प्रतियोगीता आयोजना गर्न लागेको हो
टि–२० फम्र्याटमा हुने प्रतियोगीतामा प्रदेशभरीका विद्यालयहरुले सहभागीता जनाउन पाउने शुक्रबार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष दिपेन्द्र गौतमले जानकारी दिए । उनले प्रतियोगीतामा ८ वटा टिमको सहभागीता रहने बताए । उनका अनुसार शनिबार बाट इन्ट्री खुला गरिएको प्रतियोगीतामा सुरुमै नाम टिपाउने ८ वटा विद्यालयले मात्रै सहभागीता जनाउन पाउनेछन ।
प्रतियोगीताको प्रथम टिमले नगद रु। १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितिय हुने टिमले नगद रु। ५१ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष गौतमले बताए । प्रतियोगीताको उत्कृष्ट खेलाडीलाई नगद रु। १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई नगद रु। ५÷५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । यसैगरी प्रतियोगीतामा उदयीमान खेलाडीलाई पनि आर्कषक पुरस्कारको व्यवस्था रहेको क्लबका अध्यक्ष गौतमले बताए ।
प्रतियोगीता सञ्चालनका लागि १२ लाख ८७ हजार रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । प्रदेशमा क्रिकेटको चहलपहल बढाउन, यहाँका बालबालिकाहरुलाई क्रिकेटतिर उत्प्रेरित गराउन, क्रिकेटलाई व्यवसायीक बनाउन र क्रिकेटकै माध्यमबाट सुदूरपश्चिमलाई चिनाउन प्रतियोगीता आयोना गर्न लागिएको गौतमले बताए । उनले विद्यालयस्तरदेखी नै क्रिकेटमा नयाँ प्रतिभाको खोजी गर्न पनि प्रतियोगीताले महत्वपुर्ण योगदान पु¥याउने बताए । प्रतियोगीतालाई व्यवस्थीत रुपमा सिजन बलबाटै खेलाउने सोच भएपनि खेलमैदानको अभावका कारण सम्भव हुन नसकेको उनले गुनासो पोखे । उनले अत्तरिया क्षेत्रमा क्रिकेटका लागि हालसम्म एउटा पनि उपयुक्त खेलमैदान नभएको नभएकाले स्थानिय सरकारले बालबालिका तथा युवाहरुका लागि व्यवस्थीत खेलमैदान निर्माणको कार्य तत्काल गर्नुपर्ने बताए ।
पत्रकार सम्मेलनमा बोल्दै लोटस आइ अंग्रेजी स्कुलका संस्थापक गिरीराज कडायतले बालबालिकाहरुमा रहेको अन्तरनिहित प्रतिभा उजागर गर्न प्रतियोगीताले सहयोग पु(याउने बताए । उनले बालबालिकाहरुलाई अवसर दिए उनिहरुले पनि आफ्नो प्रतिभाले देशको शिर उचो राख्न सक्ने बताए । ‘खेलक्षेत्रबाट विभिन्न देशहरुले आफ्नो नाम उचाउन सफल भएका छन’ उनले भने ‘यहाँका बालबालिकाहरुलाई पनि अवसर प्रदान गरे यहाँबाट पनि त्यस्तो प्रतिभा निस्किन सक्छ र देशको नाम चिनाउन सक्छ भन्ने हामिले सोचेका छौ ।’ उनले प्रतियोगीताले क्रिकेट खेलप्रेमीहरुलाई अवसर जुराईदिएको बताए ।
प्रतियोगीता सञ्चालन पश्चात आउने नाफाको ३० प्रतिशत खेलाडीको खेल विकासमा र २० प्रतिशत अत्तरियामा रहेको अपांगता भएका बालबालिका अध्ययनरत सुप समावेशी आधारभुत विद्यालयलाई प्रदान गरिने आयोजकले जनाएको छ ।