धनगढी, १० भाद्र/धनगढी जेसीजका कार्यकारीणी उपाध्यक्ष जेसी जनार्दन बम्म वक्तृत्वकला प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेका छन ।
नेपाल जेसिजको आयोजना र तिलोत्तमा जेसीजको आतिथ्यतामा भाद्र ८ र ९ गते बुटवलमा भएको क्षेत्र ’घ’ सम्मेलन अन्तर्गत वक्तृत्वकला प्रतियोगितामा तेस्रो भएका हुन् ।
नेपाल जेसीजको २०२३ को प्रकरण As One: Family, Team, Goal शिर्षकमा सम्पन्न भएको प्रतियोगितामा क्षेत्र ‘घ’ भित्रका ५६ वटा शाखा मध्ये धनगढी जेसीजको तर्फ बाट सहभागी भै उत्कृष्ट प्रस्तुति सहित तेस्रो भएका हुन । प्रतियोगिताका विजेता सबै लाई शनिबार क्षेत्र ‘घ’ सम्मेलनको समापन समारोहमा पुरस्कृत गरिएको हो ।