लबदेव धामी
धनगढी, ९ भदौ / धनगढीमा रहेको साइनो एजुकेसनले निमावि अध्यापन अनुमति पत्रको नमूना टेस्ट परीक्षा सञ्चालन गरेको छ। अध्यापन अनुमति पत्रको तयारी गरिरहेका परीक्षार्थीले परीक्षामा गर्ने सामान्य गल्तीलाई नगरुन भनेर परीक्षा सञ्चालन गरिरहेको छ।

हरेक शनिवार बिहान ९ बजे देखि फ्रि निमावि लाइसेन्स टेस्ट परीक्षा अध्यापन अनुमति पत्रको तयारी गरिरहेका परीक्षार्थीहरुका लागि सञ्चालन गर्दै आएको छ। सामान्य गल्ती रोलनम्बर , नाम ,उत्तरमा कसरी चिह्न लगाउने थाहाँ नहुँदा समेत अनुतीर्ण भैरहेकाले यस्तो समस्यालाई हटाउन टेस्ट परीक्षा सञ्चालन गरेको साइनो एजुकेसनका सञ्चालक रोहित चन्दले बताउनुभयो।
धनगढीमा साइनो एजुकेसनले विगत देखि शिक्षा क्षेत्रमा ठुलो योगदान दिंदै आएको छ। साइनोमा विद्यालयका कक्षा देखि लिएर लोकसेवा, शिक्षक सेवा, अध्यापन अनुमति पत्रको तयारी कक्षाका साथै कोरियन, जापनिज, अंग्रेजी भाषाका कक्षाहरु पनि संञ्चालन गर्दै आएको अर्का सञ्चालक पदमराज जोशीले जानकारी दिनुभयो ।