मुम्बई ।
अभिनेता नवाजुद्दिन सिद्दिकीकी बहिनी सायमा तामसी सिद्दिकीको २६ वर्षको उमेरमै निधान भएको छ । उनी विगत ८ वर्षदेखि क्यान्सरसँग लडिरहेकी थिइन् । रिपोर्टका अनुसार नवाजुद्दिन एक सुटिङको सिलसिलामा आफ्ना भाइ फैजुद्दिनको साथमा यतिबेला अमेरिकामा छन् ।
गत वर्ष अक्टोबरमा नवाजले आफ्नी बहिनीको बारेमा सामाजिक संजालमा पोस्ट गरेका थिए । उनले आफ्नो ट्वीटरमा बहिनीलाई जन्मदिनको शुभकामना दिँदै आफ्नी बहिनीलाई १८ वर्षको उमेरमा स्तन क्यान्सर भएको खुलासा भएको बताएका थिए ।
१३ अक्टोबरमा गरिएको यो ट्वीटमा नवाजले लेखेका थिए ‘आज उनी २५ वर्षकी भइन् र उनी अहिले पनि लडिरहेकी छिन् । म डा। आनन्द कोपिकर र डा। लालेश बुश्रीको आभारी छु कि उहाँहरुले उनलाई हौसला दिइरहनुभएको छ । म रसुल पुकुट्टीको पनि आभारी छु कि उहाँले मलाई यी डाक्टरसँग भेटाइदिनुभयो ।’
रिपोर्टका अनुसार नवाजकी बहिनी सायमाको अन्तिम संस्कार उत्तर प्रदेशस्थित उनीहरुको प्रतृक गाउँ बुधानामा हुनेछ ।