गजल
म मेरो गाउँ उतै छोडेर आए अन्जान सहरमा,
लाखौं मान्छे मेरो लागि छैनन् सुनसान सहरमा।
रात दिन यता उता मान्छे मरेकै खबर कति सुन्नु,
खै चिहान भने एउटा पनि छैन समसान सहरमा।
सहर धनिहरुको बस्ती भनेर मैले पढेको हुँ महोदय
यहाँ चारैतिर गरिब छन् कस्लाई गर्नु दान सहरमा।
आमाले पसिना बगाए पनि हसिँया कहिले बेचिन्न,
बेच्ने किन्न चलन पुरानै हो रे स्वाभिमान सहरमा।
साथी सानै आएको हुँ भनि खुब फुर्ती लाउँछ,
थाहै छैन उस्लाई आफु भैसकेको जवान सहरमा।
(लवदेब धामी)
सुर्नया गाउँपालिका बैतडी
हाल धनगढी