धनगढी, २२ मंसिर
पूर्वाधार विकासका नाममा भैरहेका कामले वातावरण बिग्रीन थालेको भन्दै कैलालीका स्थानीयतहका जनप्रतिनिधीहरुले चिन्ता ब्यक्त गरेका छन् ।
आईतबार वातावरण बिभागले आयोजना गरेको वातावरण संरक्षण सम्वन्धी अन्तरक्रिया कार्यक्रममा स्थानीयतहका जनप्रतिनिधीहरुले वातावरण मैत्री पूर्वाधार विकास गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । हाम्रा क्रियाकलापले वातावरण प्रदुषण भैरहेको छ जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाले भने, त्यसलाई न्यूनिकरण गर्ने बारेमा हामी चिन्तीत छैनौं । संयोजक थापाले खोला जन्य उत्पादनहरु उत्खनन् गर्दा कैलाली जिल्लामा डुबान र कटानको समस्या बढेको बताए । उनले आउने आर्थिक बर्षमा खोलाबाट ढुंगा गिट्टी संकलन नगर्ने त्यसको सट्टा खानी संचालन गर्ने बताए ।
धमाधम पूर्वाधार विकासको काम गरिरहदा त्यसले वातावरणमा पार्ने प्रभावका बारेमा चिन्ता ब्यक्त गरिएको देखिदैन धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, सानासाना कुरामा पनि वातावरणमा प्रभाव मुल्यांकन गरिनुपर्छ । अब्यबस्थीत शहरीकरणका कारण कैलाली जिल्लामा वातावरण बिग्रीदै गएको छ नगरप्रमुख वडले भने, त्यसैले पूर्वाधार विकास गर्दा गुरु योजना बनाएर त्यसले समग्र मानव जिवनमा पार्ने प्रभावका बारेमा अध्ययन गरेर मात्रै काम थाल्नुपर्छ । धनगढी उप–महानगरपालिकाले कुनैपनि काम गर्दा वातावरणलाई पार्ने प्रभावका बारेमा सोच्ने गरेको नगरप्रमुख वडले बताए । कैलालीको भावर क्षेत्रमा बस्ती बस्दा पानीको भण्डार रित्तिन थालेको छ नगरप्रमुख वडले भने, चुरे अतिक्रमणमा पर्दा जताततै पहिरो गैरहेको छ । चुरेबाट बगेर आएका खोलानालाको सतह पुरिएर बस्तीमा बाढी पस्ने गरेको छ नगरप्रमुख वडले भने, अझ पनि हामी सचेत भएन भने दुःख पाउँछौं ।
कैलालीको घाडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरीले वातावरण प्रति सचेत देशमा बाटोमा ग्राभेल राख्दा पनि वातावरणिय प्रभाव अध्ययन गर्ने गरेको बताए । उनले भने, हामी पूर्वाधार विकास गर्ने नाममा वातावरणलाई बिगारि रहेका छौं । कार्यक्रममा कैलाली जिल्लामा १३ वटै स्थानीयतहका जनप्रतिनिधीहरुको सहभागिता थियो ।
वातावरण बिग्रीएको प्रति जनप्रतिनिधीहरुको चिन्ता
वातावरण बिग्रीएको प्रति जनप्रतिनिधीहरुको चिन्ता