धनगढी, ३ भाद्र/कैलालीका गायक, मोडेल तथा सर्जक तपेन्द्र रावलको “है जिरा”को अंग्रजी भर्सनको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । सुदूरपश्चिमको कला सस्कृती र पर्यटनको पहिचानको मुद्दा बोकेको विभिन्न भाषामा रेकर्ड गरिएको देउडा गित आईतबार भारतको बेग्लौर गएर तपेन्द्र रावल नामक आफ्नै युट्युब च्यानल मार्फतबाट रिलिज गरिएको हो ।
है जिरा गितले नेपालमा बिदेशी पर्यटकलाई हवाई भाडा ३ गुणा भन्दा बढी भएको बिषयलाई उठान गरी हवाई भाडा दर सबैलाई समान हुनुपर्ने माग गर्दै आएको सर्जक तथा निर्देशक तपेन्द्र रावलले जानकारी दिएका छन् ।
गायक रावल बिदेशीलाई पनि नेपाली सरह हवाई भाडा दर समान हुनपर्ने माग गर्दै २०७७ साल देखि निरन्तर दबाब मुलक कार्यक्रम सन्चालन गर्दै आएका छन् । प्रदेश सभा सदस्य, प्रदेश पर्यटन मन्त्री, मुख्यमन्त्री संघिय पर्यटन मन्त्री प्रधानमन्त्री तथा विभिन्न दलका नेताहरुलाई भेटेर ध्यानाकर्षण पत्र उनले बझाएका छन् ।
कुनै पनि दलले बास्ता नगरेपछि समानता लागि सर्वोच्चो अदालत समेत पुगे तर सर्वोच्चले पनि रिट खारेज गरे पछि अन्तराष्ट्रिय अदालत जानका लागि भारतको ब्याङ्लोरबाट रचनात्मक दबाबका लागि हस्ताक्षर अभियान शुरु गरेका छन । यो बिभेदिकरण अन्त गर्न है जिराका सर्जक तथा पर्यटन ब्यवसायी तपेन्द्र रावल अहिले भारतको बेग्लौर हस्ताक्षर अभियानमा छन् ।
भिडियो हेर्न Click यहाँ गर्नुहोस्