काठमाडौं– राजधानीमा आइतबार अनामनगर र सुकेधारामा भएको बम विस्फोटनमा परी तीन जनाको ज्यान गएको छ।
मृतकको सनाखत हुन बाँकी रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएपी श्याम ज्ञवालीले जानकारी दिए। दुवै घटनामा गरी ८ जना घाइते भएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार सुकेधारास्थित ढलाने पुल नजिकै र घट्टेकुलो चोक नजिकै विस्फोट भएको हो। सुकेधारा विस्फोटमा ६ जना र घट्टेकुलो सिलिन्डर विस्फोटमा २ जना घाइते भएका थिए ।
घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका एक जनालाई वीर अस्पताल लगिएको छ ।
