धनगढी, २० मंसिर ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कर्मचारीतन्त्रले परिवर्तनलाई आत्मसाथ नगर्दा संघीय व्यवस्थामै चुनौती देखापरेको बताएका छन्। आज धनगढीमा सुदूरपश्चिम वित्तीय सम्मेलनमा सम्बोधन गर्दै दाहालले राजनीतिक परिवर्तनसँगै पुरानो राज्यव्यवस्थामा काम गरेका कर्मचारीलाई विदाई गर्न नसक्नु ठूलो कमजोरी भएको पनि बताए ।
ूपुराना संरचनामा काम गरेकालाई विदाई गर्नुपर्ने थियो । आफूले भनेका मान्छे ल्याउनु पर्थ्यो। तर भएनू, दाहालले भने, ूउनै मूख्य सचिव, उनै सचिव ९राजनीतिक परिवर्तन अघिका०अनि कसरी हुन्छ परिवर्तन रु ू
कर्मचारीले विभिन्न बहाना बनाएर नेताको दिमाग खराब गरिरहेको टिप्पणी गरेका दाहालले नेताले हार्ने र कर्मचारीले जित्ने अवस्था आउन नहुने पनि बताए । दाहालले संघीयता लागु गर्ने सवालमा कर्मचारीतन्त्रबाट असहयोग भएको पनि आरोप लगाएका छन्।
राजनीतिकरुपमा ठूला(ठूला उपलब्धी हासिल गरे पनि कर्मचारीतन्त्रलाई आफू अनुकुल चलाउन नसक्नु हात्ती छिर्यो पुच्छर अड्क्यो भनेजस्तै भएको दाहालको टिप्पणी थियो।
६२र६३ अगाडिका राजनीतिक परिवर्तनपछि कर्मचारीतन्त्र हाबी भएकै कारण उपलब्धी गुमेको बताएका दाहालले फेरि पनि त्यस्तो अवस्था आए दुर्भाग्य हुने बताए ।
कर्मचारीहरु केन्द्रिकृत मानसिकताबाट मुक्त हुन नसकेको बताएका दाहालले अहिलेको अवस्था हेर्दा फेरि पनि उपलब्धि गुम्ने हो कि भन्ने खतरा देखिएको पनि बताए।
संघीयता कार्यान्वयनमा नजाँदा अहिले परिवर्तनकारी शक्तिहरु खुम्चिने र यथास्थितिवादीहरु हौसिने अवस्था आएको पनि दाहालको भनाई थियो।