कुटनीतिक कारणले चीन भ्रमण स्थगीत भएको हैन,
धनगढी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अव सरकारको गति बढ्ने बढ्ने बताएका छन् ।
बिहिबार धनगढी पुगेका उनले सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्रीमण्डलको पुनर्गठन भएकाले सरकारको गति बढ्ने बताएका हुन् । उनले भने, सरकार पुनर्गठन भएपनि सरकारको कामप्रति जनताको अपेक्षा बढेको छ, नयाँ मन्त्रीहरुले जनताको आकांक्षा पुरा गर्नुहुन्छ भन्ने विश्वास पार्टीले पनि लिएको छ । फरक प्रसंगमा उनले जनताको भावना अनुसार नै सीमाका बारेमा सरकारले भारतलाई चिठि लेखेको स्पष्ट पारे ।
उनले वार्ता र छलफलबाटै सीमा विवाद हल गर्नुपर्ने र सुरुमा नै यस बिषयलाई अन्तराष्ट्रियकरण गर्न नहुने आफुले बताएको जनाए । उनले नेपालका लागि भारतीय पूर्वराजदुत श्यामशरणले यस बिषयलाई राजनीतिकरण गर्न नहुने भन्ने दिएको वक्तव्य उचित नभएको बताए । सीमा बिवादलाई राजनीतिकरण देख्ने श्यामशरणको दृष्टिदोष हो, उनले भने ।
अनसनका बारेमा सञ्चारकर्मीको जिज्ञासामा उनले जनताको आवश्यकता पुरा गर्नका लागि दवाव दिन अनसन बस्नु भनेको स्पष्ट पारे । उनले भने, ुजहाँ जनताले बाटो नबनेर नै दुःख पाएको छ, त्यहाँ सडक निर्माणका लागि दवाव दिन म अनसन बस्छु भनेको हो, जनताको दुख हल भएन भने म म साच्चै अनसन बस्छु है ।
फरक प्रसंगमा उनले जनताको भावना अनुसार नै सीमाका बारेमा सरकारले भारतलाई चिठि लेखेको स्पष्ट पारे । उनले वार्ता र छलफलबाटै सीमा विवाद हल गर्नुपर्ने र सुरुमा नै यस बिषयलाई अन्तराष्ट्रियकरण गर्न नहुने आफुले बताएको जनाए ।