डडेल्धुरा :नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० डडेल्धुराले जिल्लाका सातवटै स्थानीय तहमा इन्चार्ज तोकेको छ। पार्टीको जिल्ला सचिवालयको बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा इन्चार्ज तोकेको हो।
नेकपा डडेल्धुराले सोमबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलनमार्फत स्थानीय तहमा इन्चार्ज तोकिएको बारेमा जानकारी गराएको हो। परशुराम नगरपालिकाको इन्चार्जमा हरिप्रसाद भट्ट, अमरगढी नगरपालिकाको इन्चार्जमा करुणकर ओझालाई तोकिएको छ।
नवदुर्गा गाउँपालिकाको इन्चार्जमा लक्ष्मी धिक्त, भागेश्वरमा प्रेम साउँद, आलितालमा छविलाल सलामी, अजयमेरुमा जयबहादुर ऐर र गन्यापधुरा गाउँपालिकामा गणेश सार्कीलाई इन्चार्जको जिम्मेवारी दिइएको नेकपा डडेल्धुराका अध्यक्ष मानसिंह मालले जानकारी दिए।गाउँ तथा नगर क्षेत्रमा पार्टीको संगठन सुधार र सुव्यवस्थित गर्नका लागि सबै नगरपालिका र गाउँपालिकामा इन्चार्ज तोकिएको उनको भनाइ छ।