धनगढी, १४ जेठ/डेउडा प्रतिष्ठान केन्द्रीय समितीद्वारा स्थापित कलाकार कल्याणकारी कोषमा विभिन्न ब्यक्तिले आफ्नो र आफ्ना आफन्तजनको जन्मोत्सव संगै आफ्नो बैबाहिक उत्सबको अवसरमा समेत रकम जम्मा गर्न थालेका छन ।
आइतबार मात्रै धनगढी स्थित केदार अफसेट प्रेसका सञ्चालक लक्ष्मण खडायत र वहाँकी धर्मपत्नी शान्ती बिष्ट खडायतले बैबाहिक बर्षगाठको अवसर पारेर आज पाँच हजार पाँच नगद डेउडा प्रतिष्ठानको कल्याणकारी कोषलाई रकम हस्तान्तरण गरेका हुन् ।
डेउडा प्रतिष्ठान केन्द्रीय कार्यसमितिले संस्थाका कोषाध्यक्ष प्रेमबिबश चन्दको जन्म दिनलाई अवसर बनाई बैशाख २४ गते कलाकार कल्याणकारी कोषको स्थापना गरेको हो । सोही दिन संस्थाका कोषाध्यक्ष प्रेमबिबश चन्दले ५ हजार १ सय ११ र कलाप्रेमी समाजसेवी दुर्गा सापकोटाले ५ हजार नगद संस्थालाई हस्तान्तरण गरेका हुन् । त्यसपछि जेठ १ गते संस्थाका बरिष्ठ उपाध्यक्ष सुरत रावत डोटेली कान्छाले आफ्नो छोरीको जन्म दिनमा ७ हजार १ सय ११ र बेङ्लोर शाखा कोषाध्यक्ष यशोदा साउँद ताडीले २ हजार १० हस्तान्तरण गरेका थिए ।
जन्म दिनमा फजुल खर्च नगरी कलाकारको हितमा कलाकारलाई अफ्ट्यारो पर्दा सुख दुखको साथीको रूपमा कलाकार कल्याणकारी कोषलाई एउटा अभियानको रुपमा लिएर यो बर्ष कल्याणकारी कोष संकलन बर्षका रुपमा लिने संस्थाका कोषाध्यक्ष प्रेम बिबश चन्दले बताए । यो कोष डेउडा प्रतिष्ठानको मात्र नभई समस्त विभिन्न कला क्षेत्रमा कार्यरत कलाकर्मिहरुको साहाराको रुपमा उभिने भएकाले यस्को वृद्धि कल्याणकारी कोषलाई सबैले प्राथमिकता दिनुपर्ने संस्थाका बरिष्ठ उपाध्यक्ष सुरत रावत , डोटेली कान्छाले बताए ।