‘रवीन्द्रजीको सपना र कम्युनिष्ट पार्टीको मार्गदर्शन अबको योजना’
पोखरा । कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपाकी विद्या भट्टराईले कास्की २ का मतदातालाई धन्यवाद दिएकी छिन् । निर्वाचित भएपछि सामाजिक सञ्जाल फेसबुकबाट उनले सबै मतदातालाई धन्यवाद र बधाई भनेकी छिन् ।
साथै उनले मतदातालाई कहिल्यै धोका नदिने बताएकी छिन् । उनले भनेकी छिन्–‘यहाँहरुको अत्याधिक अमुल्य मतका साथ विजय गराउनु भएकोमा कास्की २का सम्पूर्ण मतदाताहरुमा हार्दिक धन्यबाद र बधाई ।’ स्व। रवीन्द्र अधिकारीको सपना र नेकपाको मार्गदर्शनबाट आगामी योजना तय हुने भन्दै उनले भनेकी छिन्–‘यहाँहरुको मत माथी म बाट कहिल्यै धोका हुने छैन ।
प्रिय रवीन्द्रजीका सपना, योजना र कम्युनिस्ट पार्टीको मार्गदर्शनमा मेरो आगामी योजना र गन्तब्य हुनेछ । सुभेच्छुक सबैमा बधाई ।’ समाजवादी पार्टीका धर्मराज गुरुङले १९ सय २२, राप्रपाका रोमबहादुर भण्डारीले ११५३, साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत ल्याएका छन् ।