• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

प्रचण्डको गृह जिल्लामा नेकपालाई झट्का, तीनवटै वडामा कांग्रेसको जित

चितवन– चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६ र खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ मा भएको उपचुनावमा सवै वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

यसअघि भएको चुनावमा भरतपुर १६ मा तत्कालीन नेकपा एमाले र खैरहनी ४ र ५ मा नेपाली कांग्रेसका वडा अध्यक्ष विजयी भएका थिए । अहिले दुई पार्टी मिलेर बनेको सत्तारुढ दलले तीनमध्ये कम्तीमा दुई वटा वडा जित्ने दाबी गरेको थियो ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला एवम् निर्वाचन क्षेत्रमै पर्ने भरतपुर १६ को निर्वाचनमा नेकपा पराजित भएको छ । यसअघि नेकपा एमालेले एक्लै जितेको वडामा अहिले दुई पार्टी मिलेर वनेको नेकपाका उम्मेदवार नै पराजित हुनुले नेकपामा तरंग पैदा गरेको छ ।

भरतपुर १६मा यसअघि नेकपा एमाले एक्लै हुँदा ६४ मतान्तरतले जित हासिल गरेको थियो । अहिले पार्टी एक हुँदा पनि कांग्रेससँग ३०८ मतको अन्तरले पराजित भएको छ । कांग्रेसका उम्मेदवार अमृतराज हमालले ३ हजार १८३ मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । यस्तै उहाँका प्रतिद्वन्द्वी सत्तारुढ दल नेकपाका उम्मेदवार भक्तराज हमालले २ हजार ८७५ मत प्राप्त गर्नुभएको छ ।

हमाल यसअघिको स्थानीय तहको चुनावमा नेकपा एमालेका चतुरमान गुरुङसँग ६४ मतकोे अन्तरले पराजित हुनुभएको थियो । चतुरमान गुरुङको क्यान्सर रोगका कारण गएको असोजमा निधन भएको थियो ।

भरतपुर १६ मा आफ्ना उम्मेदवार भक्तराज हमाललाई जिताउन नेकपाका अध्यक्ष प्रचण्ड स्वयं चुनावी सभामा सम्बोधन गर्न चितवन आउनुभएको थियो । भरतपुर १६ मा ८ हजार ४ सय ८१ मतदाता रहेकोमा ६ हजार २ सय ५० मत खसेको थियो ।

नेकपाका नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्रमा पनि नेकपा पराजित भएको छ । चितवनको खैरहनी नगरपालिका–४ मा नेपाली कांग्रेसका उम्मेदवार देवबहादुर बस्नेतले नेकपाका उम्मेदवार वेदबहादुर अधिकारीलाई पराजित गर्नुभएको छ । बस्नेतले १ हजार १ सय ३८ मत प्राप्त गर्नुभयो भने अधिकारीले ९८६ मत प्राप्त गर्नुभयो । २ हजार ६ सय ९२ मतदाता रहेको यस वडामा २ हजार १ सय ७२ मत खसेको थियो । यस वडामा यसअघिको चुनावमा नेपाली कांग्रेस नै विजयी भएको थियो ।

यसैगरी खैरहनी वडा नं।५ मा नेपाली कांग्रेसकी प्रतिमा कार्की ९बस्नेत० विजयी हुनुभएको छ । कार्कीले ८ सय ४२ प्राप्त गर्नुभएको थियो भने नेकपाका पुननारायण प्रधानले ७ सय ५६ मत प्राप्त गर्नुभएको छ ।

२ हजार १ सय ११ मतदाता रहेको यस वडामा १ हजार ६ सय ७० मत खसेको थियो ।

यसअघिको चुनावमा पनि यहाँ कांग्रेस नै विजयी भएको थियो । विजयी उम्मेदवार बस्नेत निधन भएका वडाध्यक्ष विश्वविजय बस्नेतकी श्रीमती हुनुहुन्छ ।

२०७४ फागुन ६ गते साँझ रत्ननगर नगरपालिका–३ शान्तिचोकमो पिकअप भ्यानले ठक्कर दिँदा खैरहनी नगरपालिकाको जीपमा सवार वडा नम्बर ४ का वडाध्यक्ष नरेन्द्रनाथ अधिकारी र वडा नम्बर ५ का वडाध्यक्ष विश्वविजय बस्नेतको निधन भएको थियो ।

आइतबार, मङि्सर १५, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.