क्षेत्र नं १ (क ) मा प्रदेशसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।
चाँगुनारायण नगरपालिकाका ९ वटै वडा र भक्तपुर नगरपालिका १० गरी कूल १० वडामा भएको उपनिर्वाचनपछि भएको मतगणनामा आज बिहान ७ बजेसम्मको मतगणनामा काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले २ हजार ३ सय १२ मतको अग्रता लिएका छन्।
चाँगुनारायण नगरपालिका १ देखि ६ सम्मको मतगणनामा काँग्रेसका उम्मेदवार भँडेलले ९ हजार ९५ मत प्राप्त गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का देवीप्रसाद ढकालले ६ हजार ७ सय ८३ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का निरज लवजूले २ हजार ८४, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का श्यामप्रसाद नेपालले २ सय ९४, साझा पार्टीका सुरज प्रधानले २ सय ४८ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। गएराति ११ बजे सुरु भएको मतगणनाको अन्तिम परिणाम आज बिहान १० बजेसम्म आउने गरी मतगणना भइरहेको जानकारी दिइएको छ।
-रासस