• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कञ्चनपुरमा भारतीय एसएसबीले चार नेपाली कुटे

महेन्द्रनगर २० चैत/भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले नेपाली नागरिकमाथि निर्घात कुटपिट गरेको छ। एसएसबीले कञ्चनपुरका चार नेपाली युवकमाथि कुटपिट गरेको हो। उत्तराखण्डस्थित वनबासा पुलवारी रहेका एसएसबीले गएराति भीमदत्त नगरपालिका–१० गड्डाचौकीका सुरेन्द्र कार्की, रमेश गिरी तथा भीमदत्त–५ का रतन ठगुराठी र गोबिन्दप्रसाद जैसी (डब्लु)लाई कुटपिट गरेका हुन्।

राति आवतजावत बन्द भएपछि आएको भन्दै उनीहरुलाई एसएसबीले अमानवीय ढङ्गबाट कुटपिट गरेको हो। एसएसबीबाट कुटिएका सुरेन्द्र कार्कीले आफन्त ल्याउन बनबासा जाने क्रममा एसएसबीका जवानले कुटपिट गरेको बताए। ‘भारतबाट नेपाल आफन्त आउन लागेका थिए,’ उनले भने, ‘उनीहरुलाई ल्याउन म त्यहाँ जाँदै थिए, एसएसबी क्याम्प भन्दा ३०र४० मिटर वर नै रोकेर ब्यारेल बन्द भयो, जान पाइँदैन भनेर रोक्यो, जाने नै भए उता सा’बलाई सोधेर आउ भन्यो।

सोध्न जाँदै थिएँ लाठी र पैनाले कुटपिट गरे।’ कार्कीले आफूसंगै रहेका अन्य तीन नेपालीलाई पनि एसएसबीले कुटपिट गरेको तर, उनीहरुलाई आफूले नचिनेको बताए। छिमेकी मुलुकका सीमा सुरक्षा बलबाट नेपाली नागरिकमाथि निर्घात कुटपिट हुनु मानवअधिकारको समेत उल्लंघन भएको स्थानीय युवाहरुले भत्र्सना गरेका छन्।

स्थानीय युवा भुपेन्द्रसिंह क्षेत्रीले एसएसबीबाट बिना कारण नेपाली नागरिकमाथि मरणासन्न हुने गरी कुटपिट कार्य निन्दनीय भएको बताए। ‘कुटपिट गर्नेमाथि कार्बाही गर्नुपर्छ,’ उनले भने, ‘यो सरासर छिमेकी मुलुकका एसएसबीको नेपालीमाथि हेपाहा प्रवृत्ति हो।’ स्थानीय सशस्त्र प्रहरीका अधिकारीले घटनालगत्तै एसएसबीसँग जानकारी लिएको र एसएसबीबाट अब उपरान्त यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता आएको बताएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रकाश डाँगीले यस विषयमा थप बुझ्ने बताए। ‘यो घटना नेपाली भूमिमा घटेको होइन,’ उनले भने, ‘घटनाबारे सरोकारवाला दुवै पक्षसंग बुझेर सहजीकरण गर्छौँ।’ २३ फागुन २०७३ मा बेलौरी नगरपालिका–१० भुडाका स्थानीय मजदुर कृष्ण रानालाई कुटपिट पनि कुटपिट गरिएको थियो।

सोमबार, चैत २०, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.