एजेन्सी/तमिलनाडुको कल्लाकुरिचिस्थित प्राङ्गमपटु पञ्चयातमा दुई छोरा मिलेर आफ्नो बुवाको मृत्युपछि एक्लै रहेकी आफ्नी आमाको बिहे गराइदिएका छन्। भास्कर र उनका भाइ विवेक मिलेर आमा सेल्वीको बिहे गराएका हुन्। सन् २००९ मा जब बुवाको मृत्यु भयो, त्यतिबेला भास्कर वेल्लौरमा इन्जिनियरिङ सुरु गरेका थिए। विवेक ११ मा पढिरहेका थिए।
बुवाको मृत्यु भएको १४ वर्षपछि आमाको दोस्रो बिहे गराएका भास्कर भन्छन्, त्यतिबेला आमाको दोस्रो बिहे बारे सोचेका थिएनौँ। धेरै महिलाहरूले श्रीमानको मृत्युपछि एक्लै सन्तान हुर्काएको देखेको थिएँ, समाजले पनि बन्देज लगाएको थियो। त्यसैले मेरो सोचाइ पनि त्यस्तै थियो।
तर जब उनी इन्जिनियरिङ तेस्रो वर्षमा पढिरहेका थिए, उनका एक शिक्षकले सोधेको प्रश्नले उनी रन्थनिए। इन्जिनियरिङ तेस्रो वर्षमा पढ्दा एकजना शिक्षकलाई भेट्न गएको थिएँ। उहाँले तिम्री आमा यति लामो समयसम्म एक्लै बसिरहेकी छिन्, फेरि किन बिहे गर्न सक्नुभएनरु भनेर सोध्नुभयो। आमासँग यस्तो कुरा गर्ने सवाल नै हुन्थेन, तर उहाँको प्रश्नले मलाई नराम्रोसँग हिर्कायो।
भास्करले लामो समयसम्म केही सोच्न सकेनन्। कलेजको पढाइ सकियो। काम गर्न थाले। किताब पढ्ने गर्थे। त्यसबेला उनले एरोड बेनकटप्पा पेरियार९१८७९(१९७३० का लेख पढे। पेरियार दक्षिण भारत तमिलनाडुका सामाजिक अभियन्ता थिए। जस्टिस पार्टी स्थापना गरी समानता र सम्मानको लडाइँका लागि राजनीति गरेका उनी हिन्दू कट्टरपन्थीका सशक्त विरोधी थिए। हिन्दू धर्मले प्रतिवन्ध लगाएका, धर्मले शोषित गरेका कुराहरूको खुलेर विरोध गर्थे। यसै क्रममा हिन्दू धर्मग्रन्थ जलाएर सशक्त विद्रोह गरेका उनले महिला-पुरुषबीच धर्मको रेखाले बनाएको पर्खालविरुद्ध लेख्थे। पेरियारलाई पढेपछि भास्कर साथीहरूसँग तिनै विषयमा चर्चा र विमर्श गर्न थाले।
अनि भास्करले सोचे, आमा पनि अविवाहित हुनुहुन्छ, किन फेरि बिहे गर्न सक्दिनन्रुु यसबारे उनले भाइसँग सल्लाह गरे। भाइले पनि सहमति जनाएपछि दुवै भाइ मिलेर आमालाई मनाउन थाले। भास्कर भन्छन्, आमाको सिंगो जीवन हाम्रो वरिपरि मात्रै घुम्यो, सुरुमा त उनी तर्किइन्, पुनस्विवाहबारे बोल्न हिच्किचाइन्। भास्कर भन्छन्, एक दिन आमाले मलाई तेरो बिहे गर्ने उमेर पुगिसक्यो भन्नुभयो। अनि मैले पहिले तपाईं बिहे गर्नुस् अनि मात्रै म गर्छुं भनेँ। त्यसपछि उनी निरन्तर आमासँग पुनस्विवाहको कुरा गर्न थाले। उनी भन्छन्, तपाईंले लामो समयसम्म एक्लै संघर्ष गर्नुभयो। तपाईंले बिहे गर्नुपर्छ। बिहे गर्नुस्, अनि म पनि गर्छुं भन्न थालेँ।
दुवै छोराको लामो प्रयासपछि अन्ततस् सेल्वी पुनस्विवाहका लागि राजी भइन्। तर समाजका लागि यो अपाच्य थियो। समाज श्रीमानको मृत्यु भइसकेपछि जीवनभर बिधुवा भएर बस्नुपर्छ भन्थ्यो। आफन्त र छिमेकीहरूको बिधुवा महिलाले बिहे गर्नहुन्न भन्ने धारणा थियो।
सेल्वी भन्छिन्, ुछोराको कुरा सुनेर म छक्क परेँ। बिहे गर्ने उमेरको छोरो छ, मैले बिहे गरे समाजले के भन्ला सोचेँ। मेरा छोराहरूले कहिलेसम्म एक्लै संघर्ष गर्ने, हामी दुवै दाजुभाइ कामका लागि बाहिर जानुपर्छ। तपाईंलाई एक्लै बस्नुपर्दा झन् समस्या हुनेछन् भने। यो तपाईंको शरिर हो, यसमा तपाईंको हक छ भनेर सम्झाए। त्यसपछि मैले पनि सोचेँ।
तर पनि आफन्त र समाजले के सोच्ला भन्ने चिन्ता उनको मनमा थियो। उनले भनिन्, हाम्रो दुस्खमा कहिल्यै साथ नदिएको समाज र आफन्तले के सोच्ला भन्ने पीर हामीले किन लिनेरुु धेरै सोविचारपछि सेल्वी अर्को बिहेका लागि राजी भइन्। उनलाई आफ्ना दुवै छोरा साथमा भएपछि समाजको डर पनि लागेन। आमाको स्वीकृति पाएपछि छोराहरूका लागि अर्को चुनौतीको विषय बन्यो उपयुक्त दुलहाको खोजी।
भास्कर भन्छन्, हामी त्यस्तो व्यक्तिसँग आमाको बिहे गराउन चाहन्नथ्यौँ, जसकी श्रीमतीको मृत्यु भएको होस् र त्यही कारण आमासँग उसले दोस्रो बिहे गरोस्। भास्करले आमालाई उपयुक्त वर खोज्ने बताए। यसै क्रममा आमाको बिहे ती व्यक्तिसँग भयो, जो सेल्वीलाई प्रेम गर्थे। खेतमा काम गर्ने यतुमलाइ नामका ती व्यक्तिसँगको सम्बन्धमा अहिले सेल्वी खुसी पनि छिन्।
सेल्भी भन्छिन्, मलाई धेरैले छोराछोरीले भने पनि यति वर्षपछि कसरी बिहेका लागि राजी भयौरु सम्बन्धविच्छेदपछि पुनस्विवाहको कानून छ त म किन डराऊँ भन्ने लाग्यो। ुछोराछोरीका लागि बोझ बन्नुभन्दा आफ्ना लागि जीवनसाथी खोज्नु कुनै गलत काम होइन। श्रीमानको मृत्युपछि धेरै मानिस गलत मनसायका साथ मसँग नजिकिन खोजे। तर कोही पनि बिहेको प्रस्ताव लिएर आएनन्, उनले भनिन्, विवाह भनेको यौनको मात्रै विषय होइन। आफूलाई बुझ्ने साथी भएपछि साहस मिल्छ, बाँच्न सजिलो हुन्छ। श्रीमानको मृत्युपछि परपुरुगबाट भोग्नुपरेका त्रासदीपूर्ण दिन सम्झिँदै उनी भावुक भइन्। उनले भनिन्, त्यतिबेला हाम्रो घरमा शौचालय थिएन। जब राति म शौचका लागि बाहिर जान्थेँ, धेरै पुरुष मसँग सेक्सको अपिल गरेर नजिकिन खोज्थे। म तिनका श्रीमती र छोराछोरीलाई बताइदिने भनेर थर्काउँथेँ। एकल महिला भएर बाँच्न सहज थिएन, मान्छेहरूको नियत नै ठीक थिएन, म ट्वाइलेट जान पनि डराउँथे।
सेल्वी र उनका छोराहरूले समाजलाई राम्रोसँग बुझेका छन्। किनभने श्रीमानको मृत्युपछि सेल्वी र उनका छोराले त्यही समाजबाट निकै कठिनाइहरू सामना गर्नुपर्यो। सेल्वी भन्छिन्, श्रीमानको मृत्युपछि मैले सासुससुरा र आमासँग मद्दत मागेँ। दुई सन्तानलाई कसरी हुर्काउने भन्ने अन्योलमा थिएँ। त्यसबेला सहयोगका लागि कोही आएन। मैले एक्लै हुर्काएँ। छोराहरूले सानैदेखि काम गरेर यहाँसम्म आइपुगे। उसो त सेल्वीको दोस्रो बिहेमा पनि उनका कोही आफन्त उपस्थित थिएनन्। यसरी सधैँ शोषण गरेर राख्ने समाज उनलाई निको लाग्दैन। त्यसैले समाजको डरमा आफ्ना भावनाहरू लुकाएर बाँच्न नहुने उनी बताउँछिन्।
एक्लै भएर बाँच्न निकै गाह्रो छ। यसरी बाँच्नु आवश्यक छैन। म चाहन्छु मान्छेले आफ्नो जीवनको मुल्य बुझुन्, अरुले के भन्छ सोचेर होइन। आफ्ना लागि के ठीक हुन्छ सोचेर अगाडि बढून्। श्रीमानको मृत्युपछि आफ्ना भावना लुकाएर डरले एक्लै बसिरहेका थुप्रै युवती उनले देखेकी छन्। उनीहरू दोस्रो बिहे गर्ने हिम्मत नभएको बताउँछन्। सेल्वी भन्छिन्, मै उनीहरूलाई नयाँ आशा दिनेछु। मजस्ता श्रीमान गुमाएका अरु महिलाले पनि साहस गरेर नयाँ जीवन सुरु गर्नुपर्छ। आफ्ना छोराहरूप्रति उनी गर्ववोध गर्छिन्। आमाको पनि जीवन हुन्छ। उनलाई पनि जीवन चाहिन्छ भनेर कति सन्तानले सोच्छन्रु म मेरा छोराहरूलाई सम्झिँदा गर्व महशुस गर्छुं, खुसी हुँदै सेल्वीले भनिन्।
-एजेन्सीको सहयोगमा