धनगढी/धनगढीमा आजबाट विश्व नेपाली नारी साहित्य महोत्सव सुरु भएको छ। सुदूरपश्चिम साहित्य समाजको आयोजनामा आजबाट महोत्सव सुरु भएको हो ।
साहित्य समाजको प्रांगणमा हुने महोत्सव सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका हुन् । महोत्सवमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमार लगायतका देशहरूबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने छ । तीन दिनसम्म संचालन हुने महोत्सवमा २४ वटा शिर्षकमा साहित्य संवाद हुनेछन्।