बैतडी, १२ मंसिर :बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ४ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेद्वार सुरेन्द्रप्रसाद भट्ट माथि हातपात भएको छ । हिजो राती साढे १० बजे नेकपाका कार्यकर्ताहरुले आफूमाथि हातपात गरेको र आफूले भागेर ज्यान जोगाएको उम्मेद्वार भट्टले जानकारी दिनुभयो ।
आफ्नो एकजना कार्यकर्तालाई नेकपाका कार्यकर्ताहरुले नियन्त्रणमा लिई आफूलाई फोन गर्न लगाएको र उसलाई छुटाउन जाँदा आफूमाथि हातपात भएको उम्मेद्वार भट्टले दाबी गर्नुभयो । दोगडाकेदार गाउँपालिका ४ को मटेला भन्ने ठाउँमा आफूमाथि हातपात भएको उम्मेद्वार भट्टले बताउनुभयो ।
यो बिषयमा प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले नेपाली कांग्रेसका उम्मेद्वार भट्टमाथि हातपात भएको मौखिक जानकारी आएको बताउनुभयो । उम्मेद्वार भट्टमाथि हातपात भएको कुरा आफूले गम्भीर रुपमा लिएको उहाँले बताउनुभयो ।
घटनाको थप अनुसन्धान भइरहेको जनाईएको छ ।
बैतडीमा कांग्रेसका उम्मेदवारमाथि आक्रमण
बैतडीमा कांग्रेसका उम्मेदवारमाथि आक्रमण