धनगढी, १ चैत/ डेउडा प्रतिष्ठान बेङ्लोर शाखा भारतको प्रथम साधारणसभाबाट सर्ब सम्मत डेउडा गायक करन बि.क. अध्यक्षमा चयन हुनु भएको छ ।
साधारणसभाबाट निबर्तमान अध्यक्ष यज्ञराज भट्ट, बरिष्ठ उपाध्यक्षमा बिरेन्द्र साउँद, प्रथम उपाध्यक्षमा सुदर्शन थापा, द्वितीय उपाध्यक्षमा भक्त साउँद चमत्कार, सचिवमा जया रोकाया, कोषाध्यक्ष यशोदा साउँद, सह सचिब कृष्ण भट्ट र प्रबक्तामा सुरेन्द्र रावल चयन हुनु भएको बरिष्ठ उपाध्यक्ष बिरेन्द्र साउँदले बताए ।
त्यस्तै सदस्यहरुमा सदस्य तथा कला संस्कृति बिभाग प्रमुख पुष्पराज खत्री, सदस्य तथा भाषा, साहित्य बिभाग महेश भट्ट, सदस्य तथा नृत्य बिभाग शंकर जप्रेल बझाङ्गी रहडी दादा, सदस्य तथा महिला बिभाग प्रमुखमा बिनीता भट्ट, सदस्यमा यशोदा अधिकारी, सदस्यमा सङ्गिता शाही र सदस्यमा राहुल महरा चयन हुनु भएको छ ।
डेउडा प्रतिष्ठान भारत शाखा बेङ्लोर तदर्थ समितिका अध्यक्ष यज्ञराज भट्टको सभापतिमा साधारणसभा सम्पन्न भएको थियो ।