एजेन्सी/बलिउड सुपरस्टार अक्षय कुमारले तीन मिनेटको अवधिमा सबैभन्दा धेरै सेल्फी खिचेर विश्व कीर्तिमान बनाएका छन्। नेपालसहित विश्वभर अक्षयका धेरै फ्यान छन्। तिनै फ्यानको बलमा अक्षयले गिनिज वर्ल्ड रेकर्ड बनाएका हुन्।रिलिजको सङ्घारमा रहेको उनको चलचित्र ुसेल्फीुको ुमिट एण्ड ग्रीटु कार्यक्रममा उनले यो कीर्तिमान बनाएका हुन्। २४ फेब्रुअरीमा उनी अभिनित फिल्म रिलिज हुँदैछ। यही फिल्मको प्रोमोशनको दौरान उनले तीन मिनेटमा १८४ सेल्फी खिचे। र, यो विश्व कीर्तिमान बन्यो।
यसअघि तीन मिनेटभित्रमा सबैभन्दा धेरै सेल्फी खिच्नेमा जेम्स स्मिथको नाम थियो। उनले १६८ सेल्फी खिचेका थिए। त्यसअघि यो कीर्तिमान हलिउड अभिनेता ड्वेन जोनसन ९रक०को नाममा थियो। उनले सन् २०१५ मा १०५ वटा सेल्फी खिच्दै कीर्तिमान बनाएका थिए। कीर्तिमान बनाएपछि अक्षयले भनेका छन्, म निकै खुशी छु यो अनौठो विश्व कीर्तिमान बनाएकोमा। मैले आजसम्म जे पनि हासिल गरेको छु र म जहाँ छु यो सबै मेरो फ्यानहरूको माया र साथको कारण हो।