एजेन्सी/दक्षिण भारतीय चलचित्रमा देखिँदै आएकी अभिनेत्री राशि खन्ना केही समयअघि वेब सिरिज ुफर्जीुमा देखापरिन्। उक्त सिरिजमा सशक्त भूमिकामा देखिएकी राशि अहिले भारतीय सेलिब्रिटीहरूको सूचीमा नम्बर १ मा पुगेकी छिन्।आईएमडीबीले हरेक हप्ता सार्वजनिक गर्ने लोकप्रिय ९भारतीय०कलाकारको सूचीमा राशि १ नम्बरमा छिन्। फर्जीमा उनी भारतीय रिजर्ब बैंकको कर्मचारीका रूपमा देखिएकी छिन्।
सूचीको दोस्रो स्थानमा छन्- बलिउडका बादशाह शाहरुख खान। एक हजार करोड भारुको क्लबमा प्रवेश गरेको पठानुको क्रेजले उनलाई अझै लोकप्रियकै सूचीमा राखेको छ। यस्तै फर्जीकै अर्का मुख्य कलाकार विजय सेतुपति तेस्रो स्थानमा छन्। फर्जी सिरिज नेपालमा समेत शुट गरिएको थियो। विजय स्वयं नेपाल आएका थिए।उक्त सूचीमा दीपिका पादुकोण छैटौँ स्थानमा छिन्। कियारा आडवाणी १०औँ स्थानमा छिन्। फर्जीकै लिड हिरो शाहीद कपूर भने १३औँ स्थानमा छन्।