काठमाडौँ १२ फागुन/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो छुट्टै युट्युब च्यानल सञ्चालनमा ल्याएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले ७१ औँ जन्मदिनको अवसर पारेर बिहीबारदेखि ‘केपी बा’ युट्युब च्यानल सुरु गरेका हुन्। आफ्ना अनुभवहरु जनतासमक्षम पुर्याउन च्यानल सञ्चालनमा ल्याइएको ओलीले जनाएका छन्।
ओलीलाई एमालेका नेता(कार्यकर्ता र शुभेच्छुकहरु ‘बा’भनेर बोलाउँछन्। उक्त सम्बोधनलाई नै ओलीले ‘केपी बा’ नाम दिएर च्यानल खोलेका हुन्। उनले युट्युब च्यानलमा ‘ती तीन मृत्यु, जसले मलाई छोडेर गए’ शीर्षकमा २५ मिनेट लामो पहिलो भिडिओ अपलोड गरेका छन्।
उक्त युट्युब च्यानलमा आफ्नो जीवनका अनुभव, राजनीतिक प्रसंग र अन्तर्वार्ताहरुसमेत ओलीका प्रेस संयोजक रामशरण बजगाईँले बताएका छन्। ओलीले बिहीबार आफ्नो जन्मदिनका अवसरमा बोल्दै युट्युब च्यानल ‘केपी बा’ सुरू गरिएको बताए। उक्त च्यानलमा नयाँ पुस्ताका लागि अनुभव र स्मरणहरु बाँडिने बताएका छन्।