धनगढी, १ फागुन/धनगढीको सौँराइ स्क्वायरमा इन्डलेस रोमान्स भ्यालेन्टाइन डे मनाइने भएको छ । शहिदगेट नजिकै रहेको सौँराइ स्क्वायरमा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति सहित भोलि ( फेब्रुअरी १४ मङ्गलवार) साँझ ६ बजेदेखि मनाइने भएको हो ।
स्थानीय कलाकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको इन्डलेस रोमान्स भ्यालेन्टाइन डे कार्यक्रममा नृत्य, गायन, कमेडी र कपल रोमान्टिक गेमहरू समेत खेलाइने आयोजक सौँराइ स्क्वायरका प्रबन्ध निर्देशक उमेश विक्रम शाहले बताए ।
सौँराइ ब्याङ्क्युट एन्ड इभेन्ट्सको हलमा साँझ ६ बजेदेखि मनाइने उक्त कार्यक्रमका मुख्य आकर्षणमा निःशुल्क प्रवेश पाइने, आकर्षक सजिसजावट तथा रमाइलो वातावरणको सिर्जना गरिने उनले बताए ।