लम्की ११ जेठ
कर्णाली रिभर साईड यातायात बस व्यबसायी समितिको व्यबसायी भेला शनिबार लम्कीचुहा १ आमपानीमा सम्पन्न भएको छ ।
सरकारले यातायात व्यबसायी समितिलाई प्रालीमा जान निर्देशन दिएपछि शनिबार भएकोले भेलाबाट व्यबसायी हरुको धारणा संकलन गरिएको थियो ।
महासंघले सरकारसँगको सहमतिअनुसार ५ दिनभित्रमा समिति तथा संघहरुलाई कम्पनीमा दर्ता हुनका लागि सार्वसजनिक सुचना जारी गर्दै कम्पनीमा दर्ता हुन निर्देशन दिएको थियो । सोही अनुरुप कर्णाली रिभर यातायात व्यबसायी समितिले पनि कम्पनीमा जानका लागि बृहत छलफल गर्न थालिएको हो ।
शनिबार आमपानीमा समितिका अध्यक्ष धिरज शाहीको अध्यक्षतामा भएको भेलामा उद्धार उपाध्यक्ष योगेश मल्ल, प्रशासन उपाध्यक्ष जनकबहादुर शाहीले कम्पनीमा जानका बिषयमा एजेन्डा प्रस्तुत गरेका थिए । समितिका कोषाध्यक्ष जयरुप बढाद्वारा प्रस्तुत आर्थिक प्रतिबेदन सर्बसम्मत पारित भएको छ ।े भेलाको संचालन सचिव चन्द्रप्रकाश आचार्यले गरेका थिए ।
भेलाले समितिलाई जेठ १९ गते भित्र सबै प्रकृया पुगाएर सरकारले ल्याएको नियम अनुसार कम्पनीमा जान सर्बसम्मतले निर्णय समेत गरेको कार्णली रिभर साईड यातायत व्यबसायी समितिका प्रमुख लब शाहीले जानकारी दिनुभयो ।
२०७४ चैत १८ मा यातायात ब्यवस्था विभागले नयाँ मापदण्ड ल्याई सम्पूर्ण यातायात समिति तथा संघसस्थाहरुलाई कम्पनीमा दर्ता हुनका लागि २०७५ असारसम्मको म्याद राखेको थियो । त्यसयता यातायात ब्यवसायीले आफ्ना मागहरु पुरा नभई दर्ता हुन अप्ठ्यारो भएको बताउँदै आएका थिए । गत फागुनमा सरकारले सार्वजनिक यातायातलाई कम्पनीमा दर्ता हुन सहजीकरण गर्नका लागि कम्पनी ऐन २०६३ को दफा ९ मा संशोधन गरी दफा ९ को उपदफा १ पछि उपदफा १ क थपेको थियो ।
महासंघले सरकारसँगको सहमति अनुसार ५ दिन भित्रमा समिति तथा संघहरुलाई कम्पनीमा दर्ता हुनका लागि सार्वसजनिक सुचना जारी गर्दै कम्पनीमा दर्ता हुन निर्देशन दिएको हो ।
सरकारले पछिल्लो समय फागुन १९ गते उक्त ऐन संशोधन गरको ३ महिना अर्थात जेठ १९ गतेसम्म सबै समितिलाई कम्पनीमा जानका लागि म्याद थपिएको थियो । हाल नेपालभर महासंघमा आवद्ध २९४ ओटा यातायात ब्यवसायी समिति तथा संघहरु छन ।



