धनगढी, १७ पुस/सुदूरपश्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता वाईवाई एसईई आईडलको आजबाट सुरु भएको छ । आईडलको उद्घाघाटन कार्यक्रम हिलवर्ड ई। बो। स्कूलको संयोजनमा आज धनगढीको बुद्ध मन्दिरमा सम्पन्न भएको छ । कार्यक्रमका संचालक गुणाकर पनेरुले गरेका थिए ।
सुदूरपश्चिमका कुना काप्चामा लुकेर रहेका नृत्य र गायन प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताका २५ वटा अडिसनहरु २०८० को जेष्ठ महिनासम्म सुपका ९ जिल्लामा आयोजना हुनेछन् । अडिसनमा सहभागी नृत्यहरु मध्ये उत्कृष्ट २० र गायन प्रस्तुती मध्ये उत्कृष्ट १० प्रस्तुतीलाई २०८० असार २ मा धनगढीमा हुने फाईनलमा समावेश गरिनेछ ।
नृत्य तर्फको पुरस्कार ५० हजार उपबिजेताले २५ हजार सहित ट्रफि, विभिन्न गिफ्ट ह्याम्पर पुरुस्कार पाउनेछन् भने गायन तर्फको विजेताले २० हजार, उपविजेताले १० हजार सहित ट्रफि, विभिन्न गिफ्ट ह्याम्पर हात पानेछन् । साथै दुवै विधाका विजेता र उपविजेताहरुले कक्षा ११ मा छात्रवृत्ति पनि पाउनेछन् । यस प्रतियोगितालाई सुदूरपश्चिम एकेडेमी र रेडिकल एकेडेमीको पनि सहयोग रहेको छ ।