काठमाडौं/नेपाली कथानक चलचित्र ‘तिम्रो मेरो साथ’ले मोफसल टुर सुरु गरेको छ । पुस २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रले मोफसल टुर मंगलबार पोखराबाट सुरु गरेको हो ।निर्देशक रमेश एमके पौडेलकका अनुसार पोखराबाट सुरु भएको मोफसल टुर बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, बिर्तामोड हुँदै काठमाडौंमा आएर सकिनेछ ।
चलचित्रको टिमलाई पोखरामा दर्शक तथा त्यहाँ सञ्चालनमा रहेका मिडियाका पत्रकारबाट मिलेको साथले उत्साह थपेको अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले बताइन् ।मोफसलका अन्य सहरमा पनि न्यानो साथको अपेक्षा रहेको अभिनेता पुष्प खड्काले जानकारी दिए ।
चलचित्रमा पुष्प, साम्राज्ञीसँगै सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायत कलाकारको अभिनय छ ।