जोसे माउरिन्होलाई ल्याउन सम्भावना
२०७६ एजेन्सी ।
इंग्लिस क्लब टोटेनह्यामले प्रशिक्षक माउरिसियो पोचिटिनोलाई बर्खास्त गरेको छ । नयाँ सिजनमा क्लबको सुरुवात निकै निराशापूर्ण भएपछि क्लबले प्रशिक्षकलाई हटाएको हो । जारी इंग्लिस प्रिमियर लिगमा टोटनह्याम हालसम्मको खेलअनुसार १४औं स्थानमा खुम्चिएको छ । पोचिटिनोको स्थानमा जोसे माउरिन्होलाई ल्याउन सक्ने बताइएको छ ।
टोटनह्यामका अध्यक्ष ड्यानियल लेभीले भनेका छन्, ‘हामी यस्तो परिवर्तनका लागि अनिच्छुक छौं ।’ ४७ बर्षका प्रशिक्षकको विकल्पको रुपमा जोसे माउरिन्होलाई हेरिएको छ । पोचिटिनो सन् २०१४ को सिजनदेखि टोटनह्यामको प्रशिक्षकको रुपमा रहेका छन् । टोटनह्याम च्याम्पियन लिगको अघिल्लो सिजनमा फाइनल प्रवेश गरेको थियो । सो खेलमा टोटनह्याम लिभरपुलसँग पराजित भएको थियो ।
