धनगढी २१ असोज/रोजगारीको शिलसिलामा भारतको बेङ्लोरमा रहेका सुदूरपश्चिमेलीहरुले सामुहिक दशै मनाएका छन् । डेउडा प्रतिष्ठान भारतको बेङ्लोर शाखाको आयोजनामा दशैंको दिन ‘साँझा दशैं’ मनाएका छन् ।
दशैंको दिनमा डेउडा प्रतिष्ठानले सबैलाई साझा रुपमा दशैं मनाउने उदेश्यका साथ बेङ्लोरको कव्वन पार्कमा दशैं विशेष भेटघाट सहित ‘साँझा दशैं’ मनाएको डेउडा प्रतिष्ठान भारत बेङ्लोर शाखाका अध्यक्ष यज्ञराज भट्टले जानकारी दिए ।
कार्यक्रममा सबै रोजगारीको शिलसिलामा भारत गएका सुदूरपश्चिमेलीहरु घर फर्कन नपाएपछि सामुहिक रुपमा जमरा राखी दशैको टिका लगाएका हुन्. । समुहिक दशैमा संस्थाका अध्यक्ष यज्ञराज भट्टले सबैलाई टीका लगाई शुभारम्भ भएको संस्थाका सचिव एवं लोक गायक बिरेन्द्र साउँदले जानकारी दिए । प्रबासमा भएको यस्तो सामुहिक सबै कलाकार सहितकाको ‘साँझा दशैँ’’पहिलो भएको संस्थाका अध्यक्ष यज्ञराज भट्टले बताए ।
‘हामीहरू हरेक चाडपर्व अब प्रबासमा भएपनि साझा रुपमा मनाउने अभियान सुरु गरेका छौ’ अध्यक्ष भट्टट्टे भने–‘जसले सामाजिक सद्भाव भातृत्व आपसी मेलमिलाप र आफन्त्व बोध गराउने सन्देश दिने उदेश्य हो ।’