अछाम,२० असोज । महेन्द्र कुँवर फाउण्डेसनको आयोजनामा अछाम जिल्लाको वैद्यनाथ धाममा आयोजना गरिएको नौरथा पुजा महोत्सव सम्पन्न भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको पुजा महोत्सव दुर्गा भवानीको पूजा आराधनाका साथै भजन ,कृतन , झाँकि , देउडा खेल , हुड्केउली ,कथा प्रवचन गरी मनाईएको थियो ।
पञ्चेबाजा ,कन्याहरुबाट मन्दिरको परिक्रमा गरि देवीका मुर्ति दवुढीगंगामा विर्सजन गरि महोत्सवको समापन गरिएको हो । सो पुजामा भगवान रामबाट रावणको पुत्ला दहन गरिएको थियो । नवरात्रका नौ दिन सम्म पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिएको थियो ।
फाउण्डेसनले शिक्षा स्वास्थ्य पर्यावरण लगाएतका क्षेत्रमा काम गदै आएको छ , सो कामलाई सधै निरन्तरता दिने त्यस्तै फाउण्डेसनले शिक्षा स्वास्थ्य लगाएतका क्षेत्रमा विगतका वर्ष देखिनै काम गदै आएको फाउण्डेसनका अध्यक्ष महेन्द्र कुँवरले बताए ।
कार्यक्रममा अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी , भवानी बक्स गणका गणपति , लगाएतका व्यक्तीको उपस्थिती थियो ।