• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

थारू समुदायको पृथक दशैं, रातभर सखिया नाँच

धनगढी, १८ असोज/कैलाली र कञ्चनपुरमा बसोबास रहेको थारू समुदायको दशैं अन्य समुदायको भन्दा पृथक छ । अन्य समुदायले बडादशैंको पहिलो दिन घटस्थापनामा जौको जमरा राख्छन् तर यो समुदायले घटस्थापनाको दोस्रो दिन मकैको जमरा राख्ने प्रचलन छ ।थारू समुदायका जानकारहरूका अनुसार यो समुदायले पृथक तरिकाले दशैं धुमधामसँग मनाउने गर्छन् । ‘दशैंमा विशेषगरी हाम्रो समुदायमा पितृपूजा हुन्छ’, थारू अगुवा बलबहादुर डगौराले भने, ‘थारूमा पनि विभिन्न थरी छन्, सबैको फरक फरक चलन छ ।’

उनका अनुसार थारू समुदायमा दशैंको टीका पनि सेतो लगाउने प्रचलन छ । तर पछिल्लो समय यो परम्परालाई छोडेर रातो टीका लगाउन थालेको उनले बताए । ‘हाम्रो परम्पराअनुसार दशैंमा सेतो टीका पाँच ठाउँमा लगाइन्छ’, उनले भने, ‘अहिले सबैले अन्य समुदायको जस्तो रातो टीका लगाउन थालिसके ।’दशैंको पहिलो दिन घटस्थापनालाई ‘जिउरा ढर्ना’ दिन भनिन्छ । यस दिन बिहानै घरमूलीले पवित्र भएर रातोे माटो ल्याएर देउथान ९देवता राख्ने ठाउँ० मा मकैको जमरा राख्छन् । कसैले दोस्रो दिन जमरा राख्छन् । जमरा राखेदेखि नै गाउँका सबैजना भलमन्साको आँगनमा भेला भएर रातभर सखिया नाच्ने गर्दछन् ।

तेस्रो दिन टेरो कुल थरका थारूहरूले पितृलाई विधिपूर्वक पूजा गर्छन् भने पञ्चमीको दिन दहित कुल थर भएका थारू समुदायले पितृपूजा गर्ने प्रचलन छ । उसलाई थारू भाषामा ‘सराढक’ दिन भनिन्छ । यो दिन महत्वपूर्ण दिन मानिन्छ । त्यसैगरी षष्ठी र सप्तमीमा चेलीबेटीहरूलाई निम्ता गर्ने, लुगाफाटा धुने, माछा मार्ने, तरकारीको जोहो गर्ने गरिन्छ । ‘सुकेको माछा र घरमा बनेको रक्सी बिना पितृपूजा अधुरै हुन्छ, मदिरा र माछा अनिवार्य हो’, स्थानीयवासी देवी चौधरीले भनिन्, ‘मदिरालाई प्रसादका रूपमा ग्रहण गर्ने चलन छ ।’

महाअष्टमीको दिन विशेषतः ढिकुरी रोटी पुजिन्छ । यस दिनलाई थारू भाषामा ‘ढिक्रहवक’ दिन भनिने उनले बताइन् । चौधरीका अनुसार यस दिन सुँगुरको मार हान्ने प्रचलन छ । दिनभरि ढिकुरी बनाइन्छ । साँझपख गाउँको भलमन्साको आँगनमा गाउँका सबै भेला भएर सखिया नाचिन्छ ।यो समुदायमा नवमीको दिन अझ महत्वपूर्ण दिन हो । यस दिनलाई थारू भाषामा ‘मुर्गैहवक’ भनिन्छ । पितृपूजा गर्दा भालेको बलि दिने भएकाले मुर्गेहवक दिन भनिएको जानकारहरू बताउँछन् । कुलअनुसार मुर्गाको संख्या घटीबढी हुने गर्दछ । बिहानै कुखुरा बासेपछि कुभिण्डाको भेडा छप्काइन्छ । बिहान कुखुराको बलि दिइन्छ । कुखुराको मासु, माछा, कुभिण्डो, रायोको साग र मदिरा पितृपुजनमा अनिवार्य खाना हुन् ।

‘कसैले चारवटा कुखुराको बलि दिन्छन्, कसैले सातवटाको बलि दिन्छन’, स्थानीयवासी सीता चौधरीले भनिन्, ‘विशेषगरी यो दिन पितृहरूको पूजा गरिन्छ ।’ पूजा गरिएको सामग्री, टपरी, पात र अन्य फोहर सबै बढारेर नजिकको नदी, खोला वा तलाउमा छोड्ने गरेको उनले बताइन् । यसलाई थारू भाषामा ‘पिट्टर पुहैना’ भनिने उनले बताइन् । यस दिन गाउँभरिका महिलाहरू परम्परागत पहिरनमा सजिएर ढकियामा खानपिन, रक्सीसहित पिट्टर पठाउन निस्कने प्रचलन रहेको चौधरीले बताइन् ।

दशमीका दिन घरमा पूजा गरेको जमरा र प्रसाद लगेर गाउँका भलमन्सा पुजारीलगायत ठूलाबडाको घरमा गएर आशीर्वाद लिने शिक्षिका सरिता चौधरीले बताइन् । ‘मान्यजनको घरमा टीका लगाउन पनि जान्छन्, टीका थाप्न पनि जान्छन्’, उनले भनिन्, ‘टीकाको दिन मान्यजन, इष्टमित्र सबै बसेर खाने र सखिया नाच्ने गर्छन् ।’ उनले कसैले पञ्च अन्न वा तीनवटा अन्नको जमरा राख्ने चलन भए पनि पछिल्लो समय यो लोप हुँदै गएको बताइन् ।उनका अनुसार यो समुदायमा विशेषगरी जौ, गहुँ र मकैको जमरा राख्ने गरिन्छ । घरघरमा पारिवारिक टीका दिनभर चल्छ । गाउँमा नाचगान चल्दछ, यसरी थारू समुदायको दशैं सकिने उनले बताइन् ।

दशैंको दशौँ दिन दुर्गाले महिषासुरलाई वध गरेको तिथिलाई विजयादशमी भनिएता पनि थारूहरूले महाभारत महाकाव्यमा आधारित गीत गाएर दशैं मनाउने गर्दछन् । अन्य समुदायमा शक्तिपूजाको पर्वका रूपमा पुजिए पनि थारू समुदायमा दशैं विशेषतः पितृपूजाको पर्वका रूपमा स्थापित छ ।

मङ्गलबार, असोज १८, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.