सशस्त्र प्रहरीले सदूरपश्चिमको अस्थायी राजधानी धनगढीबाट भन्सार छली ल्याउँदै गरेका झण्डै डेढ लाख बराबरका मोवाईलका पार्टस र इलेक्ट्रोनिक सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेटक्वाटर कैलालीको टोलीले भन्सार छली ल्याउदै गरेका कैलालीको धनगढीमा एक लाख १९ हजार सात सय बराबरका सामान बरामद गरिएको जनाएको छ।
धनगढीको बडहराबाट भन्सार छली गर्दै ल्याउदै गरेको अवस्थामा एक लाख १९ हजार सात सय पाँच रुपैयाका मोवाईलका पार्टस र इलेक्ट्रोनिक सामान बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ हेटक्वाटरका सशस्त्र प्रहरी नायब उपरिक्षक भीमबहादुर चन्दले जानकारी दिए। चन्दले बरामद गरिएको सामान भन्सार कार्यालयलाई बुझाईएको पनि बताए।
