काठमाडौँ, ८ असोज । पूर्णविक्रम शाह (पल) प्रकरणमा पीडित भनिएकी नाबालिकाले बयान फेरेकी कारण नायक शाहले सफाई पाएका छन् ।नवलपुर जिल्ला अदालतले को फैसलाको पूर्णपाठमा पीडित किशोरीले बयान फेरेकै कारण पललाई बलात्कार मुद्दामा दोषी ठहर गर्न नसकिने बताएको छ ।
‘कुनै अपवादमा बाहेक जबरजस्ती करणीका घटनाहरूमा पीडित र पीडक बाहेक अन्य व्यक्तिहरूको प्रत्यक्ष संलग्नता रहेको हुँदैन । त्यसैले सामान्य अवस्थामा करणीको कसूरमा प्रत्यक्षदर्शी भनेको नै पीडक र पीडित नै हुन् ।
जबरजस्ती करणको कसूरको प्रत्यक्ष प्रमाण भनेको पीडित स्वयम् नै रहने हुन्छ ।’ न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले तयार पारेको फैसलाको पूर्णपाठमा भनिएको छ ।जिल्ला अदालत, नवलपुरले २१ भदौमा पललाई सफाइ दिएको थियो ।