धनगढी, १० भदौ । नेपाली कांग्रेसका नेता एनपी साउदले विकास र परिवर्तनका एजेण्ड जनतामाझ पुर्याउन कार्यकर्तालाई निर्देशन दिएका छन्।
नेपाली कांग्रेस कैलालीले जिल्लामा आज पहिलो चरणअन्तर्गतको ‘जनताको साथमा कांग्रेस’ अभियान कैलाली निर्वाचन क्षेत्र नं.१ बाट शुरु गरेको छ।
कैलाली निर्वाचन क्षेत्र नं. १ मा एक कार्यक्रममाझ् नेपाली कांग्रेस नेता एनपी साउदले अभियानको शुभारम्भ गर्दै सो निर्देशन दिएका हुन्। उनले पार्टीले अभियानमा चारवटा उद्देश्य लिएको बताए।
पार्टीका नेता तथा कार्यकर्तालाई जनताको घरदैलोमा पुग्न आग्रह गर्दै ‘जनताको घरघरमा जानुहोस्। जनताको भावना सुन्नुहोस्’ नेता साउदले भने, ‘सो भावनाअनुरुप रुपान्तरणका परियोजनाबारे छलफल गर्नुहोस् र पार्टीले लिएका नीति, पार्टीको नेतृत्वमा भएको परिवर्तन, उपलब्धि, विकासका अजेण्डा जनतामाझ सुनाउने काम गर्नुस्।’
अभियानको उद्घाटन गर्दै नेता साउदले पार्टीले अभियानमा चारवटा उद्देश्य लिएको बताए। पार्टीका नेता तथा कार्यकर्तालाई जनताको घरदैलोमा पुग्न आग्रह गर्दै ‘जनताको घरघरमा जानुहोस्। जनताको भावना सुन्नुहोस्’ नेता साउदले भने, ‘सो भावनाअनुरुप रुपान्तरणका परियोजनाबारे छलफल गर्नुहोस् र पार्टीले लिएका नीति, पार्टीको नेतृत्वमा भएको परिवर्तन, उपलब्धि, विकासका एजेण्डा जनतामाझ सुनाउने काम गर्नुस्।’
उनले संविधानको रक्षा गर्न, देशलाई विकासको बाटोमा डोहोर्याउने लगायतका कार्यभारका कारण निर्वाचनमा अन्य दलसँगग गठबन्धन गर्नुपर्ने अवस्था आएको बताए।
जनतालाई पार्टीले अन्य दलसँग तालमेल गर्नुको वस्तुस्थिति, पार्टीपंक्तिका समस्याबारे स्पष्ट कुरा राख्न अभियानका खटिएका नेताकर्ताहरुसँग गर्न आग्रह गरे।
उनले सम्पूर्ण मतदातालाई लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै मतदान गर्न अपिल गर्दै मंसिर ४ को निर्वाचनमा कांग्रेस र गठबन्धनका दललाई विजयी गराउन पनि आग्रह गरे।
कार्यक्रममा कांग्रेस नेता रामजनम चौधरी, कमल शाह, फकिरसिंह कठायत, बुद्धिसागर चौधरी, पार्टीका उपसभापति जनक चौधरी लगायतले अभियानको आवश्यकताबारे धारणा राखेका थिए।
शुभारम्भ कार्यक्रमका अध्यक्ष समेत रहेका कैलाली क्षेत्र नं. १ का क्षेत्रीय सभापति प्रकाश शाहले अभियानमा जनताका गुनासा सुन्ने र विचार बुझ्ने विषयलाई गम्भीरताका साथ आत्मसाथ गर्नुपर्नेमा जोड दिए।
पहिलो चरणको अभियान भदौ २४ अर्थात बीपी जयन्तीका दिन समापन हुने पार्टीका जिल्ला सचिव केशब मिश्रले जानकारी दिए।