धनगढी, ९ भदौ । नेकपा ९एकीकृत समाजवादी०का सुदूरपश्चिम अध्यक्ष विक्रम शाहीले पार्टी परित्याग गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जालमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् ।
नेकपा (एमाले)बाट विभाजित भएर गत वर्ष बनेको एकीकृत समाजवादीको सुदूरपश्चिम अध्यक्ष शाहीले पार्टी विभाजनले कांग्रेस लगायतका शक्तिलाई बल पुर्याएको पनि बताएका छन् ।
“२०५४ सालमा वामदेवले फुटबाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरु हौसिँदै उनका पछि लागे । गत वर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो, त्यसको पछि लाग्नेमा म पनि थिएँ,” उनले फेसबुकमा लेखेका छन्, “पार्टी विभाजनले कांग्रेसलगायत पश्चिमा पुँजीवादीहरुको नै फाइदा पुर्यायो । त्यसबापत पछुतो र आत्मग्लानी भएको छ ।”
शाहीले विगत ५/६ महिनादेखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको भन्दै आजदेखि कुनै दलमा आवद्ध नरहेको घोषणा गरेका हुन् ।