धनगढी,८ भदौ। धनगढी उपमहानगरपालिका वडा नम्बर–१८ को कार्यालयमा लागेको तालाबन्दी खुलेको छ । मंगलबार आन्दोलनरत पक्ष र वडा अध्यक्ष भुवन रिजालबीच सहमतिपछि ताला खोलिएको हो ।
पाँच वर्षदेखि कार्यालयमा कार्यालय सहयोगीरुपमा कार्यरत रामप्रसाद चौधरीलाई कामबाट निकालेको भन्दै भदौ २ गते कार्यालयमा तालाबन्दी भएको थियो ।
वडा कार्यालय र आन्लदोलनरत पक्षबीच समहमति हुन नसक्दा १ हप्तादेखी तालाबन्दी हुँदा सेवाग्राहीहरु मर्कामा परेका थिए। मंगलबार दुईपक्षबीच भएको आपसी समझदारीमा वडा कार्यलयमा कार्यरत रामप्रसाद चौधरीलाई नियमित काममा लगाउने सहमतीपछि ताला खोलिएको स्थानीय नेपाली काँग्रेसका नेता लक्ष्मीप्रसाद देवकोटाले बताए ।
सोही वडामा कार्यरत ज्यालादारी कर्मचारी सहबिर खड्कालाई उमेरहदका कारण स–सम्मान बिदाई गर्ने सहमती भएको समेत देवकोटाले जानकारी दिए ।बिगत १ हप्तादेखि भएको तालाबन्दी खुलेपछि वडा कार्यलयबाट प्रदान गरिने सेवा नियमित सुचारु भएको बताईएको छ ।