धनगढी, ८ भदौ । डोटीको बोगटान फुड्शिल गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ। विगतमा गाउँपालिकाले करारमा राखेका कर्मचारीले आफूहरुलाई हटाएको भन्दै मंगलबार तालाबन्दी गरेका हुन्।
गएको साउन २८ गते हटाइएका ७ जना करार कर्मचारीले पुर्नवहालीको माग गरेका छन्। गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले भने त्यो विषयमा आफू जानकार नभएको बताएका छन्। ‘म काठमाडौं छु। ताला लगाएको कुरा मैले पनि सुने। उनले भने अब छलफल हुन्छ,’ ।