• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सुदूरपश्चिमका १६ सिटमध्ये संघका ६ सिटमा माओवादीको दाबी

धनगढी, ६ भदौ । नेकपा माओवादी केन्द्रले आगामी संसदीय निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा ६ सिटमा दाबी गरेको छ । सुदूरपश्चिममा संघका १६ निर्वाचन क्षेत्र छ । जसमध्ये माओवादीले ६ सिटमा दाबी गरेको हो ।

अहिले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नकेपा (एकीकृत समाजवादी) सहितको सत्ता गठबन्धन छ । आगामी मंसिर ४ मा हुने आम निर्वाचनमा सत्ता गठबन्धन मिलेर निर्वाचनमा जाने सहमति भइसकेको छ ।

संघ र प्रदेशमा देशभर सत्ता गठबन्धनका साझा उमेदवार हुनेछन् । आफूहरुले कम्तिमा पनि संघमा ६ र प्रदेशमा १३ सिटमा दाबी गर्ने नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इञ्चार्ज खगराज भट्टले बताए ।

सत्ता गठबन्धनमा माओवादी दोस्रो ठूलो दल भएकाले पनि आफूहरुको दाबी स्वभाविक भएको भट्टको भनाइ छ । उनका अनुसार कञ्चनपुर–१, दार्चुला, अछाम, डोटी र कैलाली गरी माओवादीले संघका ६ सिटमा दाबी गर्नेछ । केन्द्रको सहमतिअनुसार केही सिटमा स्थान परिवर्तनसमेत हुने सम्भावना छ ।

नेता भट्टले भने, “एमालेसँग वाम एकता हुँदा हामीले पाएको सिट छाड्ने कुरा भएन । त्यसबाहेक अन्य कुरा केन्द्रीय नेतृत्वले टुङ्ग्याउला । गठबन्धन भनेपछि एक दलले चाहेर मात्रै हुँदैन । सबैलाई न्याय र सम्मानजनक उपस्थिति चाहिन्छ ।”

माओवादीले डोटी दाबी गरेमा त्यहाँ भने सकस हुने देखिन्छ । एकीकृत समाजवादीका प्रेम आले र कांग्रेस नेता वीरबहादुर बलायरको डोटी एकै क्षेत्र हो । माओवादी नेता तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको समेत डोटीको सोही क्षेत्र भएकाले उनले संघमा दाबी गरे मिलाउन कठिन हुने देखिन्छ ।

मिलाउन समस्या देखिने अर्को क्षेत्र दार्चुला हो । दार्चुलामा माओवादीले संघ नछाड्ने संकेत देखाएको छ ।

कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले पनि यसपटक प्रत्यक्षमा चासो देखाएका छन् । अन्य जिल्लाभन्दा दार्चुलामा माओवादीको उपस्थिती बलियो रहेको गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनले देखाएको छ ।

माओवादीले दाबी नछाडे बडुको व्यवस्थापन कसरी गर्ने भन्ने हुनेछ । कांग्रेसभित्र बडू देउवाइतर समूहका नेता हुन् ।

 

सोमबार, भदौ ०६, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.